कमजोर छैन नेपालको प्रहरी, पायो शक्तिशाली सफलता

२०७९ श्रावण ५ गते, बिहीबार

मोरङको विराटनगरस्थित ठूलदाइको होटल र दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई प्रहरीले प,क्राउ गरेको छ ।

उनीहरूमध्ये होटलबाट ८ जनालाई १ किलो ८७.३ ग्रामसहित आइतबार र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम मंगलबार सो पदार्थसहित प्रहरीले प,क्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

होटलबाट प,क्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका–७ बस्ने ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका–४ बस्ने ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ बस्ने ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपलिका–१२ बस्ने ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुको माग्पे गाउँपालिका–७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङको हलेसी नगरपालिका–९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् ।

दुधफारमबाट प,क्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–८ बस्ने ४५ वर्षीय जीवन गुरुङ, महोत्तरीको मङ्हा नगरपालिका–६ बस्ने ४२ वर्षीय अब्दुलगनी खान, बर्दिबास नगरपालिका–१२ बस्ने ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने ५५ वर्षीय रविन्द्र गच्छेदार, मकवानपुरको बागमती गाउँपालिका–५ बस्ने ३६ वर्षीय दीपकबहादुर भ्लोन, मोहत्तरीको मनराषिशवा नगरपालिका–३ बस्ने ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।

प्रहरीले सो विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रदेश नं. १ को प्रहरीको प्रमुखको जिम्मेवारी सम्हाल्नेवित्तिकै डीआईजी सुदीप गिरीको कमाण्डमा यति ठूलो सफलता प्राप्त भएको छ ।

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal