चो,रीको सामान पत्ता नलागोस् भनेर स्वरुप परिवर्तन गराउने बागलुङका चो,रहरू प,क्राउ

२०७९ श्रावण ५ गते, बिहीबार

बागलुङ जिल्लामा प्रहरीले दुई जनालाई सुन चोरीको अभियोगमा प,क्राउ गरेको छ ।

प्रहरीले असार २७ गते बिहान करीव ११ बजे ढोरपाटन नगरपालिका–५ मस्तीबाट ३१ वर्षीय बोमबहादुर घर्ती ‘जित’ र टेकबहादुर बिकलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

घर्ती निसिखोला गाउँपालिका–७ राजकुत निवासी हुन् । घर्तीसँग प्रहरीले १ तोलाको सुनको सिक्री थान १, ३.८८२ तोलाको चाँदीको लकेट थान १, ०.४०१ तोलाको चाँदीको औंठी थान १ र साठी हजार रुपियाँ बरामद गरेको छ ।

चोरीका सुनका गरगहना खरिद गर्ने न्यू बलेवा एञ्जल सुन चाँदी पसलका सञ्चालक बागलुङ नगरपालिका–१२ का बिकलाई सुनलाई गालेर नयाँ बनाई (स्वरुप बदलेर) बिक्रीमा राखिएको १.०४ तोलाको सुनको सिक्रीसहित प,क्राउ गरिएको एसपी ज्ञवालीले बताए ।

६८ वर्षीया हीराकुमारी कुँवरको घरबाट २ तोला ५० लालको सुनको सिक्री थान १, ३० लालको सुनको लकेट थान १ र नगद पन्ध्र हजार चोरी गरी फ,रार रहेकोमा अनुसन्धानको क्रममा चोरी कसूरमा संलग्न घर्ती र बिकलाई प,क्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घर्ती र बिकलाई साउन ४ गते नियन्त्रणमा लिई जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।

काठमाडौं उपत्यकासहित देशभरि प्रहरीले आफ्नो कार्यलाई तीब्रता दिइरहेका बेला बागलुङ प्रहरीले चोरीको सुनसहित दुई जनालाई प,क्राउ गरेको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal