जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

२०७९ श्रावण ४ गते, बुधबार

काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ ।

जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको माटो र ग्यास निस्किएको हो ।  

बोरिङ खन्ने क्रममा तीन सय मिटर जति खनिसकेपछि एक्कासी विस्फोट भएर लेदोसहित ग्यास निस्किएको प्रहरीले जनाएको छ ।

बोरिङ खन्दा निस्केको ग्यास मिथेन भएको खानी तथा भूगर्भ विभागमा कार्यरत पृथ्वीलाल श्रेष्ठले जानकारी दिनुभयो । योभन्दा अगाडि पनि केही ठाउँमा यस्ता घटना भएकाले यो कुनै ठूलो घटना नभएको उहाँले बताउनुभयो ।  

लामो समयदेखि ग्यास भण्डारण भएर बसेको ठाउँमा खन्दा यस्तो निस्कने गरेको विभिन्न अध्ययनले देखाएका उहाँको भनाइ छ । जमिनभित्रै जम्मा भएर बसेको अवस्थामा मानिसले खन्दा एक्कासी विस्फोट भएको श्रेष्ठले बताउनुभयाे । 

आज मङ्गलवार बिहान ग्यास निस्किँदा छेउछाउका घरहरू हिलाम्मे भएका थिए । अझै ग्यास निस्किरहेकाले घटनास्थल वरपर सुरक्षा दिएर मानिसहरूलाई त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ । 

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal