गाउँपालिका वडाध्यक्ष तिर्थ वडले ज्येष्ठ नागरिकको सल्लाह अनुसार ज्येष्ठ नागरिकलाई छाता र टर्च वितरण गर्दै..

२०७९ असार २२ गते, बुधबार

 जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ को कार्यालयले ज्येष्ठ नागरिकलाई छाता र टर्च उपलब्ध गराएको छ ।  वडा कार्यालयले ८१ जना ज्येष्ठ नागरिकलाई बर्खा याममा छाता र टर्च वितरण गरेको हो ।

वडाध्यक्ष तिर्थ वडले ज्येष्ठ नागरिकको सल्लाह अनुसार विभिन्न काममा जाँदा छाता आवश्यक भएको र राति बाहिर भित्र जान उज्यालोकाे समस्या भएकाले टर्च उपलब्ध गराइएको बताउनुभयो । वडा नम्बर २ को कार्यालय विष्टवाडामा ज्येष्ठ नागरिकहरु उपस्थित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया र वडाध्यक्ष वडले ज्येष्ठ नागरिकलाई छाता वितरण गर्नुभएको थियो । ८९ वर्षीय ज्येष्ठ नागरिक विर्खसिंह खत्रीबाट छाता वितरण कार्यक्रम शुरु गरिएको थियो ।

ज्येष्ठ नागरिकले छाता र टर्च पाएपछि खुशी व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक खत्रीले आफू वडाकाे याे कामले गाउँमै सरकार आएकाे महसुस भएकाे बताउनुभयाे । ज्येष्ठ नागरिकहरु धेरै गाेठालाे जाँदा हाेस् या अरु काममा पानी पर्दा समस्या हुने गरेकाले अब छाताले सजिलो हुने भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले ज्येष्ठ नागरिकलाई सम्मान भनेको सबै मानव जातिको सम्मान भएको बताउनुभयो । उहाँले यस्ता सिर्जनात्मक कामका लागि वडा कार्यालयलाई धन्यवाद पनि दिनुभयो

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal