गाउँपालिका वडाध्यक्ष तिर्थ वडले ज्येष्ठ नागरिकको सल्लाह अनुसार ज्येष्ठ नागरिकलाई छाता र टर्च वितरण गर्दै..

२०७९ असार २२ गते, बुधबार

 जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ को कार्यालयले ज्येष्ठ नागरिकलाई छाता र टर्च उपलब्ध गराएको छ ।  वडा कार्यालयले ८१ जना ज्येष्ठ नागरिकलाई बर्खा याममा छाता र टर्च वितरण गरेको हो ।

वडाध्यक्ष तिर्थ वडले ज्येष्ठ नागरिकको सल्लाह अनुसार विभिन्न काममा जाँदा छाता आवश्यक भएको र राति बाहिर भित्र जान उज्यालोकाे समस्या भएकाले टर्च उपलब्ध गराइएको बताउनुभयो । वडा नम्बर २ को कार्यालय विष्टवाडामा ज्येष्ठ नागरिकहरु उपस्थित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया र वडाध्यक्ष वडले ज्येष्ठ नागरिकलाई छाता वितरण गर्नुभएको थियो । ८९ वर्षीय ज्येष्ठ नागरिक विर्खसिंह खत्रीबाट छाता वितरण कार्यक्रम शुरु गरिएको थियो ।

ज्येष्ठ नागरिकले छाता र टर्च पाएपछि खुशी व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक खत्रीले आफू वडाकाे याे कामले गाउँमै सरकार आएकाे महसुस भएकाे बताउनुभयाे । ज्येष्ठ नागरिकहरु धेरै गाेठालाे जाँदा हाेस् या अरु काममा पानी पर्दा समस्या हुने गरेकाले अब छाताले सजिलो हुने भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले ज्येष्ठ नागरिकलाई सम्मान भनेको सबै मानव जातिको सम्मान भएको बताउनुभयो । उहाँले यस्ता सिर्जनात्मक कामका लागि वडा कार्यालयलाई धन्यवाद पनि दिनुभयो

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal