आमाको शरीर कु’हीएर कि,रा पर्दा समेत छोरा बुहारी हेर्न आएनन, भन्छन म,रे पछी कि,रिया गर्न आउछौ,
मुसिकोट नगरपालिका–३ की पुतली रानाको खुट्टा कु,हिएर कि,रा खसिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल हुँदा पनि कसैको ध्यान पुगिरहेको छैन् ।
उनको घर बागलुङको बडिगाड गाउँपालिका–२ दनियाँ हो । उनी श्रीमानको मृ,त्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीन बर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छन् ।
माईतीले बनाइदिएको सानो बास छ । अर्मपर्म गरेर भएपनि गास थियो । तीन महिना अघि खाना पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन् । घाउ बल्झिदैँ गएकाले अहिले कि,रा परेर बेहाल भएको छ ।
उनीसंग उठेर हिडडुल गर्ने अवस्था पनि छैन् । घरमा एक्लै भएकाले छिमेकीको कृपाले भोक टारिन् । तर, अब भने दैनिक ज्यान गल्दै गएकाले जीवन देखि हारेकी छन् । बिस्तारामै दि,सापिसाब गर्छिन् ।
“दिसापिसाव र खुट्टा कु,हिएर गन्हाउन थालेपछि कोहि कोठामा पस्न खोज्दैनन् । अब खाना खाने आश पनि छैन” उनले रुदै भनिन, “बाँच्नभन्दा छिटै लैजा दैव ।”
पुतलीका एक छोरा र एक छोरी हुन् । छोरीले बिहे गरिन् । छोरा भारतमा परिवारसंग बस्दै आएका छन् । आमाको अवस्थाको बारेमा स्थानीयले फोन गरे । तर, कुनै वास्ता गरेनन् ।
मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष शंकर रायमाझीलाई पनि पुतलीको बारेमा जानकारी गराएपनि उपचारको कुनै व्यवस्था नभएको छिमेकीको आ,रोप छ ।
पुतलीको अवस्था बिग्रदै गएपछि उपचारमा सहयोग गर्न छिमेकी पनि टाढिएका छन् ।
“मैले अहिलेसम्म जेनतेन खाना पुराएकी छु । म पनि एक्ली काम गरेर खाने मान्छे कसरी गरुँ” स्थानीय जुना रानाले भनिन, “श्रीमान म,रे छोराले वास्ता गरेर, वडाध्यक्षले सुनेनन् अस्पताल लैजाने कोहि भएन ।”
लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले सहयोग गर्ने मनकारी छैनन् । उनको दर्दनाक अवस्था देखेर जिब्रो टोक्ने र आँखा चिम्लिने धेरै भए ।
स्थानीय सरकारले वा सरकारका कुनै निकायले बेलैमा रानाको उपचार गर्ने बिकल्प नखोजे ज्याननै जाने निश्चित छ ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार पालिकामा स्वास्थ्य उपचार तथा राहत कोष कार्यविधी छ । कार्यविधीका आधारमा परिवारको आर्थिक अवस्था हेरेर पाँचदेखि २५ हजार मेयर आफैले दिन पाउँछन् ।
अझै ठुलो सहयोगका लागि कार्यपालिकाको निर्णय चाहिने उनले बताए । तर पीडित पुतली रानाको उपचार गर्न लैजाने व्यक्तिको स,मस्या भइरहेको छ ।
शारिरीक तथा मानसिक स,मस्या दुवै भएकाले उपचारमा संगै जाने कोहि नभएकाले सहयोग गर्न नसकिएको जिसीले बताए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





