आमाको शरीर कु’हीएर कि,रा पर्दा समेत छोरा बुहारी हेर्न आएनन, भन्छन म,रे पछी कि,रिया गर्न आउछौ,
मुसिकोट नगरपालिका–३ की पुतली रानाको खुट्टा कु,हिएर कि,रा खसिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल हुँदा पनि कसैको ध्यान पुगिरहेको छैन् ।
उनको घर बागलुङको बडिगाड गाउँपालिका–२ दनियाँ हो । उनी श्रीमानको मृ,त्युपछि छोराछोरीले पनि हेर्न छोडेकाले तीन बर्षदेखि माइती गाउँ मुसिकोटमा बस्दै आएकी छन् ।
माईतीले बनाइदिएको सानो बास छ । अर्मपर्म गरेर भएपनि गास थियो । तीन महिना अघि खाना पकाउने क्रममा खुट्टा जल्यो । उपचार गर्ने उपाय भएन् । घाउ बल्झिदैँ गएकाले अहिले कि,रा परेर बेहाल भएको छ ।
उनीसंग उठेर हिडडुल गर्ने अवस्था पनि छैन् । घरमा एक्लै भएकाले छिमेकीको कृपाले भोक टारिन् । तर, अब भने दैनिक ज्यान गल्दै गएकाले जीवन देखि हारेकी छन् । बिस्तारामै दि,सापिसाब गर्छिन् ।
“दिसापिसाव र खुट्टा कु,हिएर गन्हाउन थालेपछि कोहि कोठामा पस्न खोज्दैनन् । अब खाना खाने आश पनि छैन” उनले रुदै भनिन, “बाँच्नभन्दा छिटै लैजा दैव ।”
पुतलीका एक छोरा र एक छोरी हुन् । छोरीले बिहे गरिन् । छोरा भारतमा परिवारसंग बस्दै आएका छन् । आमाको अवस्थाको बारेमा स्थानीयले फोन गरे । तर, कुनै वास्ता गरेनन् ।
मुसिकोट नगरपालिका–३ का वडाध्यक्ष शंकर रायमाझीलाई पनि पुतलीको बारेमा जानकारी गराएपनि उपचारको कुनै व्यवस्था नभएको छिमेकीको आ,रोप छ ।
पुतलीको अवस्था बिग्रदै गएपछि उपचारमा सहयोग गर्न छिमेकी पनि टाढिएका छन् ।
“मैले अहिलेसम्म जेनतेन खाना पुराएकी छु । म पनि एक्ली काम गरेर खाने मान्छे कसरी गरुँ” स्थानीय जुना रानाले भनिन, “श्रीमान म,रे छोराले वास्ता गरेर, वडाध्यक्षले सुनेनन् अस्पताल लैजाने कोहि भएन ।”
लामो समय अस्पतालमा बस्नुपर्ने भएकाले सहयोग गर्ने मनकारी छैनन् । उनको दर्दनाक अवस्था देखेर जिब्रो टोक्ने र आँखा चिम्लिने धेरै भए ।
स्थानीय सरकारले वा सरकारका कुनै निकायले बेलैमा रानाको उपचार गर्ने बिकल्प नखोजे ज्याननै जाने निश्चित छ ।
मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीका अनुसार पालिकामा स्वास्थ्य उपचार तथा राहत कोष कार्यविधी छ । कार्यविधीका आधारमा परिवारको आर्थिक अवस्था हेरेर पाँचदेखि २५ हजार मेयर आफैले दिन पाउँछन् ।
अझै ठुलो सहयोगका लागि कार्यपालिकाको निर्णय चाहिने उनले बताए । तर पीडित पुतली रानाको उपचार गर्न लैजाने व्यक्तिको स,मस्या भइरहेको छ ।
शारिरीक तथा मानसिक स,मस्या दुवै भएकाले उपचारमा संगै जाने कोहि नभएकाले सहयोग गर्न नसकिएको जिसीले बताए ।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





