सुमनको गीतमा बिदेशमा रहेका नेपालीको पीडा

२०७९ असार २० गते, सोमबार

काठमाडौं, चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी बिदेशी भूमिमा…को भिडियो यतिबेला दर्शकमाझ ल्याएका छन् । आफु ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेखेका छन् ।

गीतलाई बाल कलाकार जेनिस उप्रेतीले गाएका हुन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ ।
यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरिएको छ ।
गीतबारे निर्देशक तथा गीतकार सुमन दाहालले भने,‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरुले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’

मुलत यो गीतमा छोराछोरी बिदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै बिदेशमै रहेकाहरुको नानीबाबु र उनीहरुको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकाश सुवेदीको प्राविधिक सहयोग, उत्सब उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो ।
भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरुलाई त्यहाँ रहेका बालबालिकाहरु सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोईराला, दर्शना कोईराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal