काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!!

२०७९ असार १९ गते, आईतवार

काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!!

उनिहरुकोआफ्नैकथाउनिहरुकैआवाजमा
अरू दिनजस्तै शुक्रबार बिहान पनि प्रधानमन्त्री निवास नजिकै पवित्र वर्कशप चोकमा ४ सय घोगा मकै झारें । बिहानभर काँचै बेचें ।

सानो घोगालाई ८ वटाको एक सय र ठूलोको २० रुपैयाँमा बेचें । १२ बजेसम्म १ हजार ७ सय रुपैयाँको बेचिसकेको थिएँ । दुई छोरालाई खाना खुवाएर नजिकैको सामुदायिक विद्यालय शिवपुरी मावि पठाएपछि श्रीमती सीता पनि आइन् ।

बिहानभरि काँचै मकै बेचे पनि दिउँसो १२ बजेपछि पोलेर बेच्छौं । यहाँ सबै बिक्री नहुने भएकाले पोलेर बेच्न टिचिङ र कान्ति अस्पताल वरिपरि जान्छौं । आजचाहिँ श्रीमती आगो बाल्दै थिइन्, आगो राम्ररी सल्किएको थिएन । त्यही बेला नगर पुलिस भित्री बाटोबाट लुकेर आए ।

पुलिस देखेपछि हस्याङफस्याङ गर्दै गाडा दौडायौं । उनीहरूले लखेटिरहे । हामी बूढाबूढी मात्रै थियौं । गाडा तानातान भयो । हाम्रो केहीसीप लागेन । १२ हजार रुपैयाँमा किनेको गाडा र सबै मकै लिएर गए । परसम्म दौडिँदै गयौं तर पार लागेन ।
लछारपछार गर्दा कति मकै सडकमा छरियो । बूढीलाई पनि चोट लाग्यो ।

गरिखाने गाडी र मकै नै लगेपछि अब के गरिखाने सोच्नै सकेका छैनौं । दिनभरि रोयौं । सरकारले गरिबलाई गरिखान पनि नदिने भयो । सडकछेउमा मकै पोलेर बेच्न पनि नपाउने भएपछि अब के चोर्न जानु ? गरिखान पनि नदिने भएपछि अर्को उपाय त हामीसँग छैन । दिनभर मकै बेचेर दुई छोरालाई काठमाडौंमा पढाइरहेका छौं । एउटा कक्षा नौ र अर्को कक्षा ८ मा पढ्दै छन् । बोर्डिङ पढाउन नसकेर सरकारीमा भर्ना गरेको छु । बोर्डिङमा पढाएको फिस तिर्नै बाँकी छ ।

सिन्धुपाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्किएपछि ऋण तिर्न सहर छिरेको हुँ । भूकम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खोसिदियो ।

आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महानगरले अहिलेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।
सुरुमा गाउँबाट आएर जोरपाटीमा किराना पसल चलाएँ । पसलमा पनि घाटा लागेपछि फुटपाथको व्यापार राजें ।

०६५ असोजदेखि यही ठाउँमा बसेर मकै बेचिरहेका छौं । दुई वर्ष त मासिक २० हजार भाडा तिरेर फलफूल पनि बेचें । घर नै बेचेपछि पसल सार्नुपर्ने भयो । अन्त कतै सटर नपाएपछि सबै सामान कोठामा थन्क्याएँ । त्यसपछि सडकमा मकै बेच्न सुरु भयो । मकै बेचेरै थलीमा जग्गा किन्न १० लाख रुपैयाँ बैना गरें ।

त्यो पैसा पनि फ,स्यो ।
घर बनाउँदा, छोराछोरी पढाउँदा, आमाबुबा पाल्दा लागेको ऋण मकै पोलेको पैसाले तिरिरहेको छु । एउटा फाइनान्सबाट डेढ लाख र अर्कोबाट २ लाख ऋण लिएको थिएँ । फाइनान्सको त्यो कागज पनि गाडासँगै लग्यो ।

गाडामा सय डेढ सय जम्मा गर्ने फाइनान्सको कागज पनि लग्यो । फलफूलको सिजनमा फलफूल पनि लग्ने गर्थे । यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँखा लगायो । नगरपालिकाको सइसाप हुनुहुन्छ । उहाँले ५ हजार माग्नुभएको थियो ।

हामीले दिएनौं । उहाँलाई दिने पैसाले त हाम्रो छोराछोरीलाई खुवाउन हुन्छ भन्ने ठान्यौं । हामीले पैसा नदिएपछि दुःख दिन थाल्यो । पैसा नदिएपछि उहाँले नै प्रहरी बोलाएको पो हो कि ! नगरपालिकाले लास्टै पेलिरहेको छ । मकै पोलेर बूढाबूढीले दैनिक २ हजार ५ सय कमाउँथ्यौं । मैले १५ सय र बूढीले १ हजार ।

मकैको सिजन नहुँदा साग बेच्थ्यौं ।
पहिला अलिअलि पैसा माग्थ्यो । दिन्थें । गाडा र सामान लाँदैनथ्यो । सडकमा व्यापार गर्नेलाई ५ सय लिँदो रहेछ । मलाई पनि ५ हजार मागेको थियो । ‘तिमीहरू दिनमा २/३ हजार कमाउँछौं मलाई दिन सक्दैनौं’ भन्थ्यो ।

पैसा नदिएपछि जहिले दुःख दिन थाल्यो । दुःख दिएपछि दुई दिनअघि त बूढीले नगर पुलिसलाई अगुल्टोले नै झोसिदिएछ । त्यो रिस पनि हुन सक्छ, हामीलाई देखिसहँदैन । कान्ति अस्पतालको गल्लीमा बस्दा लखेटेर सामाखुसी जाने ओरालोमा पुर्‍याउँथ्यो । कहिले महाराजगन्ज चोकमा पुर्‍याउँथ्यो । पैसा दिनेहरूलाई बस्न दिन्थ्यो ।

आमाको उपचार गर्न ल्याएको अस्पतालको ट्वाइलेटबाट लडेर बित्नुभयो । बुबा १४ वर्षदेखि हराउनुभएको अझै केही पत्तो छैन । गाउँमा घर बनाएको थिएँ, छाना छाएको भोलिपल्टै लड्यो । गाउँ फापेन भनेर काठमाडौं आएको हुँ ।
बालेन्द्र शाहले जित्दा अब काम गर्न पाउने भएँ भनेर आस लागेको थियो ।

जाम हुने ठाउँमा पसल गरेको हो भने चित्त बुझ्थ्यो । भित्री रोडमा पनि काम गर्न नपाउने ? कुनामा बसेर त मकै पोल्न दिनुपर्‍यो नि । हामीसँग पैसा भएको भए रोडमा आउने नै थिएनौं । मकै पोल्न पनि नदिएपछि छोराछोरीलाई कसरी पढाउनु ? जागिर खाऔं, दुवै जनाले पढेको छैन ।

१० हजारको जागिरले पुग्दैन । बालेन्द्र सरले जित्दा अब त गाडामा मकै बेच्न पाइएला भन्ने आशा पनि आजदेखि मर्‍यो ।
भोलि शनिबार त पुलिस आउँदैन भनेर साँझ मकै झारेको छु । पुलिसबाट जोगाएको एउटा गाडामा बेच्ने सोचेको छु ।

160 Views

ताजा

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

२०८२ चैत्र ४ गते, बुधबार

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक

२०८२ चैत्र ४ गते, बुधबार

जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल

२०८२ चैत्र ४ गते, बुधबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

एभरेस्ट भक्तपुर स्कुलद्वारा १६औँ ‘ओपन डे’ कार्यक्रम सम्पन्न

२०८२ चैत्र १ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal