भाइरल अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद…

२०७९ असार १७ गते, शुक्रबार

गत वर्षको असार १५ मा दोहोरी गायक छत्र साउदसँग हिलोमा डुबुल्की मारेर भाइरल बनिन् रेस्लर अस्मिता जुरेली । धेरैले उनलाई रोपाइँका नाममा उच्छृङ्खलता देखाएको भनेर आलोचना समेत गरे । यद्यपि, उक्त घ,टनामा छत्रले एकाएक अस्मितालाई समातेर हिलोमा पछारेका थिए ।

यसपालिको रोपाइँमा पनि उनीमाथि फेरि गलत हरकत भएको छ । युवा संघले आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन उनी भैंसेपाटी पुगेकी थिइन् ।एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए भने युवा नेता महेश बस्नेतको पनि सहभागिता थियो ।

रोपाइँ कार्यक्रममा रमाइरहेका बेला एक अपरिचित पुरुषले आफूलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको अस्मिताले बताइन् ।‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको व्यक्तिले बलपूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’ उनले सुनाइन् ।

ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ ।‘म रोपाइँ उत्सवमा रमाइलो गर्न गएकी थिएँ, तर युवा संगठनकै एक व्यक्तिबाट दुर्व्यवहारको शिकार भएँ,’ उनले भनिन् ।लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेकी थिइन् । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनको आरोप छ ।

सार्वजनिक भएको एक भिडियोमा एक बलिष्ठ पुरुषसँग अस्मिताले टकराब गरिरहेको देखिन्छ । उनले पुरुषको कपडा तानेकी छन् भने पुरुषले उनलाई बलियोसँग अँठ्याएका छन् ।उनीहरुबीच घम्साघम्सी परेपछि युवासंघका अन्य व्यक्तिहरू आएर छुट्याएका थिए ।

सो घ,टना हुँदा प्रमुख अतिथि पोखरेल हिँडिसकेका थिए । महेश बस्नेत पछि थिएनन् । अभिनेत्री करिश्मा मानन्धर पनि उक्त रोपाइँमा सहभागी थिइन् । घ,टना हुँदा उनी पनि त्यहीँ उपस्थित रहेको जुरेलीको दाबी छ ।आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा जान सक्ने उनले बताइन् ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal