अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायी आन्दोलित…

विराटनगरका उद्योगी–व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले स्टिलजन्य वस्तु र स्यानेटरी प्याडसँग सम्बन्धित आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।उक्त प्रदर्शनमा मजदूर तथा ट्रेड युनियनहरुको समेत साथ रहेको छ । उद्योग संगठन मोरङले नेतृत्व गरेको उक्त प्रदर्शनमा अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै नाराबाजी गरिएको छ ।सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा भएको उक्त विरोध प्रदर्शनमा सरकारले कर लिएर पनि व्यवसायी र मजदुर मार्ने नीति अपनाएको भन्दै आरोप लगाए । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमार्फत जिआई वायर, वनस्पति घिउ र स्यानिटरी प्याड लगायत उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरेको भन्दै उनीहरुले स्वदेशी उद्योगहरु मर्कामा पर्ने बताएका छन् । एकातिर स्वदेशी उद्योगलाई संरक्षण गर्ने भनेर अर्थमन्त्रीले नै भन्ने गरेको तर अर्कातिर उक्त वस्तु आयातमा भन्सार कटौती गरेर दोहोरो चरित्र देखाएको उनीहरुको आरोप छ ।यसअघि तीनवटा उद्योगी व्यवसायीका संगठन र चारवटा मजदुर संगठनले अर्थ मन्त्रालयमा पत्र पठाएर उक्त व्यवस्थामाथि हेरफेर गर्न बुधबारसम्मको अल्टिमेटम दिएका थिए । तर सरकारको आफूहरुका माग सम्बोधन नगरेकोले दोस्रो चरणको आन्दोलनमा उत्रनुपरेको प्रर्दशनकारीहरुको भनाइ छ ।
ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित
२०८२ जेष्ठ ३० गते, शुक्रबार
इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार