आजदेखि ललितपुर महानगरमा बालबालिकालाई कोरोनाविरुद्ध खोप दिँदै
२०७९ असार १० गते, शुक्रबार
काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप दिन सुरु गरिएको छ । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो ।
ललितपुर महानगरका अनुसार शनिबारबाहेक आजदेखि असार १५ गतेसम्म विद्यालय र वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम संचालन हुनेछ । खोप कार्यक्रम बिहान ११ देखि अपराह्न ४ बजेसम्म संचालन हुने जनाइएको छ ।
89 Views