न्याय नपाए सम्म अनसन जारी राख्ने बताएकी । निहारिकालाई करिष्मा मानन्धरले भनिन्, ‘बच्चा लिएर मेरो घर आउ, म छु’।
२०७९ असार ३ गते, शुक्रबार
आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई अभिनेत्री करिष्मा मानन्धरले बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेकी छिन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मानन्धरले यस्तो आग्रह गरेकी हुन् । उनले लेखेकी छन् , ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’
निहारिकालाई उनले छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताएकी हु्न् । उनले अन्त्यमा जयनारीका रुपमा परिचित सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् ।
२१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका पछिल्लो ७ दिनदेखि अनसनरत छिन् । उनले आफुले न्याय नपाए सम्म अनसन जारी राख्ने बताएकी छन् ।
79 Views