ताप्लेजुङमा राति झरेको प,हिरोमा पु,रिएर एकै घरका दुई जनाको मृ,त्यु!

२०७९ असार ३ गते, शुक्रबार

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको प,हिरोमा पुरिएर एकै घरका दुई जनाको मृ,त्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको प,हिरोमा पु,रिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृ,त्यु भएको हो।

अर्का एक जना घा,इते भएका छन्। घा,इते मृ,तक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए। घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ। खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण प,हिरो गएको प्रहरीले जनाएको छ।

जिल्लाको मामांखे र फक्तालुङमा पनि प,हिरो गएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।‘जिल्लाका तीन वटै ठाउँमा गएको प,हिरोको विवरण संकलन, राहत तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घ,टनास्थलतर्फ जाँदै गरेको छ’, उनले भने।

घ,टनाका बारेमा थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गए राति ठुल्ठूला प,हिरो झरेका छन्।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal