कृषिमा ‘मेगा प्रोजेक्ट’ करोडौँ लगानीमा समूह तथा सहकारीले गाई फार्म संचालन गर्दै, दूधमा ४० प्रतिशत उत्पादन बढ्ने….

२०७९ असार १ गते, बुधबार

सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले अब उन्नत जातका गाई पालन गर्ने भएको छ । सहकारी दूध सङ्कलनमा मात्र सीमित नभई आफैँ गाई पालन गर्न गोठ निर्माण गरिरहेको सहकारी अध्यक्ष तिमिल्सिनाले जानकारी दिए  । सहकारीको सामूहिक लगानी तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदानमा सहकारीले गाई पालन गर्न लागेको हो ।

उक्त आयोजनाले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई अनुदान दिने भएको छ । विश्व बैंकको ५५ मिलियन डलर सहुलियत पूर्ण ऋण सहयोगमा सञ्चालित आयोजनाले पशुजन्य पदार्थहरूको उत्पादकत्व तथा मूल्य शृङ्खलामा वृद्धि र छनौट गरिएका पशुजन्य वस्तुहरू (दूध, मासु, पश्मिना) मा आधारित साना किसान तथा उद्यमीहरू लगायतको समयानुकूलतालाई सुधार गर्ने लक्ष्य लिएर काम गरिरहेको छ ।

यस अघि सरकारले दिने अनुदानका रकमहरू दुरुपयोग हुने गरेको भन्दै विरोध हुने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै यो पटक समूह सहकारीलाई अनुदान दिने नयाँ अध्यास सुरु गरिएको आयोजनाका कृषि विज्ञ सुशील खड्काले बताए । कृषि समूहहरूले आफ्नो फाइदाका लागि सामूहिक व्यवसाय गरे पनि संस्था रूपमा भने यो एक नमुना अभ्यास हो ।

त्यसैले पनि आयोजनाले पाँच प्रदेशका २८ जिल्लाका विभिन्न स्थानीय तहका २७९ सामुह तथा सहकारीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने छ । यो आयोजनाको कार्यक्रम अनुसार सुरुमा भौतिक कार्य सम्पन्न गर्नु पर्ने प्रावधान रहेको छ । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिने गर्छ ।

75 Views

ताजा

सोतोकान कराते (SKDUN ) डो संघले कराते प्रतियोगीता गर्दै

२०८१ जेष्ठ १० गते, बिहीबार

सोतोकान कराते (SKDUN ) डो संघले कराते प्रतियोगीता गर्दै

२०८१ जेष्ठ १० गते, बिहीबार

राप्तीका मेयरको दुई बर्षः अबरोध छिचोल्दै उल्लेख्य उपलब्धी

२०८१ जेष्ठ १० गते, बिहीबार

आरोप प्रमाणित गरेर देखाउन रवि लामिछानेलाई कांग्रेसको चुनौती

२०८१ जेष्ठ ७ गते, सोमबार

संसदमा कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

२०८१ जेष्ठ ७ गते, सोमबार

प्रधानमन्त्री प्रचण्डले आज चौथोपटक विश्वासको मत लिँदै

२०८१ जेष्ठ ७ गते, सोमबार

पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

२०८१ जेष्ठ ७ गते, सोमबार

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड जाँदै

२०८१ जेष्ठ ७ गते, सोमबार

उपन्यास कृति ‘कर्ना’ लोकार्पण

२०८१ जेष्ठ ७ गते, सोमबार

अन्ततः क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

२०८१ जेष्ठ २ गते, बुधबार

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री प्रचण्ड

२०८१ बैशाख ३० गते, आईतवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal