लागुऔषध सेवन गरेको आरोपमा शक्ति कपूरका छोरा पक्राउ
एजेन्सी। लागूऔषध सेवन गरेको आरोपमा शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइ सिद्धान्त कपूर पक्राउ परेका छन् । सिद्धान्तलाई बेंगलुरुको एउटा रेभ पार्टीमा प्रहरीले छापा मारेर लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरेको हो । एएनआईका अनुसार उनी लागुऔषध सेवन गर्ने कथित ६ जनामध्ये एक हुन् । उनको ड्रग्स परीक्षण पनि पोजिटिभ आएको छ।
भारतीय समाचार स्रोतका अनुसार प्रहरीले सूचना पाएपछि एमजी रोडस्थित होटलमा छापा मारेको थियो । छापापश्चात प्रहरीले ३५ जनाको नमुना लागूऔषध परीक्षणका लागि पठाएको थियो । सिद्धान्त कपुर ६ मध्ये एक हुन्, जसको पोजिटिभ नतिजा आएको हो। उनलाई अहिले उल्सूर पुलिस स्टेशनमा ल्याइएको छ ।
यस्तो घटना बाहिर आएपछि सिद्धान्तका बुवा शक्तिले आफूलाई यो कुरा पत्याउन गाह्रो भएको र यो सम्भव नै नभएको बताएका छन् ।
सिद्धान्त र अन्यले पार्टीमा लागूऔषध सेवन गरे वा बाहिर सेवन गरेर होटेलमा पुगे भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन ।
को हुन् सिद्धान्त कपूर ?
सिद्धान्त शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइसँगै एक अभिनेता हुन् । उनले २०२० मा आएको वेब सिरिज ‘भौकालमा’ चिन्टु देढाको भूमिका निभाएका थिए । यसबाहेक उनले सुटआउट एट वडाला, अग्ली, हसिना पार्कर, चेहरेलगायतका चलचित्रमा पनि अभिनय गरेका छन् । भागम भाग, चुप चुप के, भूल भूलैया, ढोल जस्ता चलचित्रमा पनि उनलाई सहायक निर्देशकका रुपमा देख्न सकिन्छ ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





