लागुऔषध सेवन गरेको आरोपमा शक्ति कपूरका छोरा पक्राउ

२०७९ जेष्ठ ३० गते, सोमबार

एजेन्सी। लागूऔषध सेवन गरेको आरोपमा शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइ सिद्धान्त कपूर पक्राउ परेका छन् । सिद्धान्तलाई बेंगलुरुको एउटा रेभ पार्टीमा प्रहरीले छापा मारेर लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरेको हो । एएनआईका अनुसार उनी लागुऔषध सेवन गर्ने कथित ६ जनामध्ये एक हुन् । उनको ड्रग्स परीक्षण पनि पोजिटिभ आएको छ।
भारतीय समाचार स्रोतका अनुसार प्रहरीले सूचना पाएपछि एमजी रोडस्थित होटलमा छापा मारेको थियो । छापापश्चात प्रहरीले ३५ जनाको नमुना लागूऔषध परीक्षणका लागि पठाएको थियो । सिद्धान्त कपुर ६ मध्ये एक हुन्, जसको पोजिटिभ नतिजा आएको हो। उनलाई अहिले उल्सूर पुलिस स्टेशनमा ल्याइएको छ ।
यस्तो घटना बाहिर आएपछि सिद्धान्तका बुवा शक्तिले आफूलाई यो कुरा पत्याउन गाह्रो भएको र यो सम्भव नै नभएको बताएका छन् ।
सिद्धान्त र अन्यले पार्टीमा लागूऔषध सेवन गरे वा बाहिर सेवन गरेर होटेलमा पुगे भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन ।
को हुन् सिद्धान्त कपूर ?
सिद्धान्त शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइसँगै एक अभिनेता हुन् । उनले २०२० मा आएको वेब सिरिज ‘भौकालमा’ चिन्टु देढाको भूमिका निभाएका थिए । यसबाहेक उनले सुटआउट एट वडाला, अग्ली, हसिना पार्कर, चेहरेलगायतका चलचित्रमा पनि अभिनय गरेका छन् । भागम भाग, चुप चुप के, भूल भूलैया, ढोल जस्ता चलचित्रमा पनि उनलाई सहायक निर्देशकका रुपमा देख्न सकिन्छ ।

102 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal