दृष्टिले जितिन् ‘मिस एसइइ नेशनल २०२२’ को ताज

२०७९ जेष्ठ २९ गते, आईतवार

काठमाडौँ । ‘मिस एसइइ नेशनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाईपछि पर्दै उपाधि चुमेकी हुन् । विजेता बस्नेतले बिभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्राबृत्ति (एयर होस्टेज, फेसन डिजाइनिङ’ लगायत हात पारेकी छन् ।
शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतमा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए । सबै विजेताले बिभिन्न बिभिन्न गिफ्ट र उपहार समेत हात परेकी छन् ।
युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगीतामा पब्लिक चोइस प्रमीशा चौलागाई, फष्ट रनरअप पब्लिक चोइस दृष्टि बस्नेत, भियुर्स चोइस प्रमीशा चौलागाई, फष्टरनरअप भियुर्स चोइस मञ्जिशा कँुवर, म्यानेजमेन्ट चोइस तृषा अर्याल, मिस ट्यालेन्ट लिपी दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, वेष्ट वाक पूजा पराजुली, वेष्ट पुर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोष्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोस्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोस्ट एक्टिभ जिज्ञाशा केसी लगायतले हात पारे ।
धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन ब्यवसायी तथा समाजसेवी संगिता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगीतको केरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
एसइइ दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले जानकारी दियो ।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal