सुक्खा पहिरो खसेपछि मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
२०७९ जेष्ठ २७ गते, शुक्रबार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नारायणगढ सडकखण्डको तोपेखोलामा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार आज बिहान ९ बजेको समयमा पहिरो खसेको हो ।
पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ । पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्नेतर्फ पहल भइरहेको प्रहरीले जनाएको छ ।
उक्त सडकखण्डमा अत्यधिक जाम भएकाले वैकल्पिक रुट प्रयोग गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
89 Views