प्रदर्शनकारी र प्रहरीबीच झडप, एकको मृत्यु

२०७९ जेष्ठ २४ गते, मंगलवार

बर्दिया । बर्दियामा पीडित प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका एक महिलाको मृत्यु भएको छ ।
प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको स्थानीयवासीले बताएका छन् । मधुवनको ओराली बजारमा प्रदर्शन गरेका वन्यजन्तु पीडितले गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका थिए । ज्यान गुमाउनेमा मधुवन २ कि नविना चौधरी हुन् ।
सोमबार दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो । वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला शाहीको मृत्यु भएको थियो । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।
झपडका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारण घाइते भएका छन् । अश्रुग्याससहित लाठी चार्ज र रबरको गोली प्रहार गरेको छ ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal