एम्बुलेन्सले यात्रु ओसार्दा…
रामपुर (पाल्पा) । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो ।
प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा ट्राफिक कारबाहीमा परेको हो । भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिलोपटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छाडिएको छ ।
प्रभासबाट रामपुरसम्मको एक यात्रुको ६२५ का दरले २५०० भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादरभन्दा सो भाडादर बढी हो । यात्रु बोकेको भन्ने सन्दर्भमा छानबिनको प्रक्रियामा रहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए । ‘उपचार गरेर फर्केका बिरामी नै लिएर आएको भन्नेछ तैपनि बिरामी बोक्ने एम्बुलेन्सले यात्रु नै बोकेको भए दोषीलाई कारबाही हुनेछ’, उनले भने ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ मा अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने भनिएको छ । कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन ।
भन्सार महसुल छुट हुने गरी सुविधा प्रदान गरिएको सवारीलाई जुन प्रयोजनको निम्ति भन्सार महसुल छुट दिइएको हो त्यस्तो प्रयोजनको निम्तिबाहेक अन्य प्रयोजनका निम्ति त्यस्तो सुविधा प्राप्त सवारी प्रयोग गर्न पाइने छैन ।
यस्तै राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा एम्बुलेन्सलाई बिरामी ओसारपसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने प्रावधान छ । एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र सङ्घीय तहमा अनुगमन समितिहरूको व्यवस्था गरिएको छ । तर अनुगमन हुनसकेको छैन । (रासस)
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





