माधवराज खरेलको ‘कुइनेटो’लाई ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’
काठमाडौँ । दशौँ संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२’ मा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ र सेकोउ त्राओरी निर्देशित बुर्किना फासोको फिल्म ‘आई अफ द स्ट्रोम’ले ‘उत्कृष्ट फिल्म अवार्ड’ जितेको छ ।
राजधानीमा गत मंगलबार सम्पन्न फेस्टिभलमा राष्ट्रियतर्फ कृषा चौलागाईंको फिल्म ‘ऐना’ले ‘उत्कृष्ट लघु चलचित्र’ र माधवराज खरेलको फिल्म ‘कुइनेटो’ले ‘उत्कृष्ट चलचित्र अवार्ड’ पायो । यही फिल्मबाट अभिनेता श्रीदेव भट्टराईले ‘जुरी अवार्ड’ र जीवन पराजुलीले ‘उत्कृष्ट छायाँकार’को पाए ।
महोत्सवमा ‘ऐना’बाट कृषाले क्रिटिक्सतर्फको ‘उत्कृष्ट निर्देशक अवार्ड’ र भुपेन्द्र अधिकारीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड पोल्टामा पारे ।
महोत्सवमा ‘उत्कृष्ट निर्देशक अवार्ड’ फिल्म ‘राइज’बाट ऋषिराज आचार्यले, यसै फिल्मबाट अभिनेता गजित विष्टले ‘उत्कृष्ट अभिनेता अवार्ड’, सरिता भारतीले ‘उत्कृष्ट अभिनेत्री अवार्ड’, तुलसीप्रसाद श्रेष्ठले ‘उत्कृष्ट खलनायक अवार्ड’, रिना अवालेले ‘उत्कृष्ट हेयर स्टाईल अवार्ड’ सुरक्षित गरे ।
यस्तै,‘उत्कृष्ट स्कृप्ट राइटिङ अवार्ड’ फिल्म ‘गरिमा’बाट पुरु षोतम बस्नेतले, फिल्म ‘गर्ड आई’बाट केडी प्रसितले ‘उत्कृष्ट सह–अभिनेता अवार्ड’, फिल्म ‘द ब्ल्याक कर्नर’बाट निर्देशक लक्षु गौतमले ‘उत्कृष्ट निर्देशन जुरी अवार्ड’, फिल्म ‘शंका’ बाट सुमन दाहालले ‘उत्कृष्टसोसियल म्यासेज फिल्म अवार्ड’ जिते।
यस्तै, फिल्म ‘द डटर’बाट राजेन्द्र बजगाईंले ‘उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक अवार्ड’, ‘द डटर’बाटै रेनिश फागोले ‘उत्कृष्ट कलर करेक्सन अवार्ड’, इनु थापाले ‘उत्कृष्ट कस्ट्युम डिजाइन अवार्ड’ र ‘स्टुडेन्ट फिल्म’को प्रतिस्पर्धामा सनोल दासको फिल्म ‘झोल’ उत्कृष्ट भयो ।
तीन दिवसीय फेस्टिभलको समापनमा अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे।
महोत्सवको निर्णायकहरुमा संगीतकार जुगल डंगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए।
महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





