एसिया प्यासिफिक युनियन गठन गर्नुपर्ने र त्यसको नेतृत्व भारतले लिनुपर्छः अध्यक्ष ढकाल
नयाँ दिल्ली । छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गरेका छन् । सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन लुम्बिनको संस्कृतिक भ्रमणको क्रममा दुई सार्वभौम राष्ट्रका सरकार प्रमुखले संयुक्त रुपमा दर्साउनुभएको सांस्कृतिक एक्यबद्ध नेपाल र भारत दुई फरक सर्वभौम देश भए पनि एक साझा संस्कृतिका देश भएको तथ्य प्रमाणित भएको बताएका छन् । उनले प्रम मोदीको सांस्कृतिक भ्रमणले नेपाल भारतको सम्बन्ध थप उचाईमा पुगेको बताए ।

विश्व सिखर सम्मेलनका विशेष दुत समेत रहेका अध्यक्ष ढकालले क्षेत्रीय सरकारी संगठनहरु निस्प्रभावी भैरहेको उल्लेख गर्दै एसियाली देशहरुको शान्ति र विकासका लागि युपिएफ कि संस्थापिका डा. हाक जा हान मुन द्वारा प्रस्तावित एसिया प्यासिफिक युनियन गठन गर्ने भन्ने प्रस्तावलाई कम्बोडियाको सरकारले समर्थन गरिसकेको सन्दर्भमा, उक्त युनियनलाई सार्थकता दिन भारतको सहयोग अति आवश्यक हुने भन्दै भारतले त्यसको नेतृत्व लिनुपर्ने कुरामा जोड दिए । अध्यक्ष ढकालले भारतका सासदहरु सुरेन्द्र सिंह नागार (बिजेपी) , फ्रान्सिस्को सर्दिन्हा (भारतीय काँग्रेस), एन. डि. गुप्ता (आप ), कुँवर दानिश अलि (बसपा) साथै प्रशिद्ध शिक्षाविद जवाहरलाल नेहरू विश्वविद्यालय कि कुलपति प्राध्यापक शान्तिश्री डी। पण्डित, इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालय का कुलपति प्राध्यापक नागेश्वोर राव अनि नालन्दा विश्वविद्यालयकी प्राध्यापक सुनैना सिंहलाई शान्ति दुतको सम्मान समेत प्रदान गरे ।

कार्यक्रममा भारतिय जनता पार्टिका राज्य सभा सांसद भुवनेश्वर कालिता, आम आदमी पार्टी विधायक अजय दत्त, भाजपा नेता विजय जोली , नेपालका लागि भारतिय पुर्व राजदुत के भि राजन लगायतले नेपाल र भारतको दुईपक्षिय हितको बारेमा बालेका थिए । पूर्वमन्त्री ढकालले भ्रमणका क्रममा भारत सरकारका विदेश मामिला राज्य मन्त्रि डा राजकुमार रंजन सिंह संग पनि शिष्टाचार भेट गरे । दिल्ली स्थित सरकारी निवास न्यू मोति बाघमा भएको भेटमा मन्त्रि सिंहले आफ्नो परम्परागत मणिपुरी दोसल्लाले ढकाललाई अभिनन्दन गरेका थिए । भेटघाटमा आपसी हित, क्षेत्रीय शान्ति तथा सुरक्षाको बारेमा कुराकानी भएको भेटमा सहभागी परिवार दलका महामन्त्री सन्तोष पौडेलले जानकारी दिए । नेता ढकालले जवाहरलाल नेहरू विश्वविद्यालयको भ्रमण पनि गरे सोहि अवशरमा उपकुलपति प्राध्यापक शान्तिश्री डी पण्डितसंग पनि छलफल भएको थियो अध्यक्ष ढकाल बिहिबार स्वदेश फर्कदै हुनुहुन्छ ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





