‘धाँधली र बुथ कब्जा रोक्न खोज्दा सरकार नै गुण्डागर्दीमा उत्रियो’– शंकर पोखरेल

२०७९ जेष्ठ ३ गते, मंगलवार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने पाँच दलीय गठबन्धनको मोर्चाबन्दीलाई असफल बनाउन एमाले सफल भएको दाबी गरेका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँच दलीय गठबन्धन जनमतको हिसाबले तल परेको बताए ।
सेटिङ र धाँधलीका घटनाहरुको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरैठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । चुनावअघि नै कर्मचारी हेरफेर गर्ने र परिणाम प्रभावित गर्ने काम सरकारले गरेको उनले बताए ।
पोखरेलले प्राविधिक रुपमा केही स्थानीय तहमा पराजय भोग्नु परे पनि समग्र जनमतको हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताए । सत्तापक्षले गुण्डागर्दीको सहारा लिएर धेरै ठाउँमा एमालेका कार्यकर्ताको अपहरण र कुटपिट भएको तथा उल्टै पीडितलाई थुन्ने काम गरेको उनले बताए ।

225 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal