यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म देशभरका ११ वडाको वडाध्यक्ष जितेको छ । १३ स्थानीय तहमा राप्रपाले लिड गरिरहेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देशभरका विभिन्न तहका ११ वडामा राप्रपाको तर्फबाट वडाध्यक्ष उम्मेदवार रहेकाले जित निकालेको बताए । शाहीका अनुसार, कपिलवस्तुको कृष्णनगरमा–१ मा टुकनाथ चौधरी, रूपन्देहीको रोहिणी गाउँपालिका–१ मा अली पठान (मुक्त्तर अहमद पठान),
चितवनको माडी नगरपालिका–१ मा अमित लामा, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा छेदीलाल श्रीवास्तव, रामग्राम– १ मा रुद्रप्रसाद सिंह र डोटीको के.आई. सिंह गाउँपालिका–७ को वडाध्यक्षमा राप्रपातर्फबाट वडाध्यक्ष उम्मेदवार रहेका दिल बहादुर बलायर निर्वाचित भएका छन् । यीमध्ये केही वडामा राप्रपाको प्यानल नै विजयी भएको छ ।
त्यसैगरी, बैतडीको सुर्नया गाउँपालिका– २ को वडाध्यक्षमा गणेशबहादुर विष्ट, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा सोनाम तामाङ, कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा राप्रपाका विक्रम चन्द विजयी भएका छन् ।
ताजा

रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवार
चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित
२०७९ जेष्ठ १ गते, आईतवार
टीकापुर– ५ मा रेशम चौधरीको प्यानलै विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
जनकपुरमा कांग्रेसका बागी मनोज साहको ७ गुणा बढी मत
२०७९ जेष्ठ १ गते, आईतवार
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राप्रपाको प्यानलै विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
मतान्तर बढाउँदै बालेन शाह, पछ्याउँदै स्थापित
२०७९ जेष्ठ १ गते, आईतवार
जनकपुरधाम–१ मा काँग्रेसको पुरै प्यानल विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
आजदेखि सातामा दुई दिन बिदा
२०७९ जेष्ठ १ गते, आईतवार
भरतपुरमा रेणुलाई पछयाउँदै सुवेदी
२०७९ बैशाख ३१ गते, शनिबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार