काठमाडौंमा १५ सय मत गणना हुँदा बालेनको ५६८, स्थापितको ४१५ र सिंहको ३०७ मत
२०७९ बैशाख ३१ गते, शनिबार
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म करिब १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।
जसमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।
83 Views