सुवास नेम्वाङको गृहनगर इलाममा कांग्रेस विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
काठमाडौं । इलामको इलाम नगरपालिका वडा नम्बर–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । कांग्रेसका तर्फबाट उमेदवार बनेका गायत्रीराम बस्नेत विजयी भएका हुन् ।
बस्नेतले नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका उमेदवार बनेका अम्बिका गौतमलाई पराजित गरे । विजयी भएका बस्नेतले एक हजार १८१ मत प्राप्त गर्दा पराजित गौतमले एक हजार २२ मत ल्याए ।
91 Views