भोट हाल्न घर जान गाडी नै पाउन मुस्किल

काठमाण्डौ । शुक्रबार हुन गइरहेको स्थानीय निर्वाचनको लागि उपत्यकामा रहेका ‘भोटरहरु’ भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो । गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए ।
यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए ।
आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको सङ्ख्या धेरै छ ।
यसैबीच, भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकामा गाडीको सङ्ख्या केही कम भएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाता ओसारपसार गर्नका लागि सार्वजनिक गाडी रिजर्भमा लैजान थालेकाले काठमाण्डौमा गाडीको सङ्ख्या केही घटेको हो ।
ताजा

पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
२०७९ बैशाख २९ गते, बिहीबार
पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
२०७९ बैशाख २९ गते, बिहीबार
प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक
२०७९ बैशाख २९ गते, बिहीबार
मन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
२०७९ बैशाख २९ गते, बिहीबार
भोट हाल्न घर जान गाडी नै पाउन मुस्किल
२०७९ बैशाख २९ गते, बिहीबार
मतदान गर्न मतदाता नामावलीमा नाम अनिवार्य हुनै पर्ने
२०७९ बैशाख २९ गते, बिहीबार
आचारसंहिता उल्लंघन गरेपछि किन कारबाही नगर्ने ? – निर्वाचन आयोग
२०७९ बैशाख २९ गते, बिहीबार
भोट हाल्न गाउँ फर्किनेहरुको लर्को
२०७९ बैशाख २८ गते, बुधबार
बुधबार र विहीबार मतदाता परिचयपत्र वितरण हुँदै
२०७९ बैशाख २८ गते, बुधबार
मौन अवधि सुरु, प्रचारप्रसार बन्द
२०७९ बैशाख २८ गते, बुधबार
एमाले वैशाख ३० को पर्खाईमा छः अध्यक्ष ओली
२०७९ बैशाख २७ गते, मंगलवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार