शैलुङ गाउपालिका वडा–५ मा नेकपा एकिकृत (समाजवादि) बाट नारायण कार्की

२०७९ बैशाख २७ गते, मंगलवार

दोलखा ।

विभिन्न राजनितिक दलका नेताहरू यतिबेला स्थानीय तहको निर्वाचनमा होमिएका छन् । प्रत्येक स्थानीय तहमा निर्वाचनद्धारा पुनः जनप्रतिनिधिहरु चुन्ने अवसर सार्वभौमसत्ता सम्पन्न जनतालाई आएको
छ । शैलुङ गाउपालिका वडा–५ मा नेकपा एकिकृत (समाजवादि) बाट नारायण कार्कीको उम्मेदवार भएको छ।पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, पर्यटन, सडक, खानेपानीका योजनासहति युवाको टोली मतदाताको घरदैलोमा गइरहेको कार्की बताउँछन् । ‘१२ कक्षासम्म निःशुल्क शिक्षा, सामान्य अप्रेसन गाउँमै गर्नेगरी अस्पताल निर्माण, कृषिबाट रोजगार सिर्जना लगायतका योजना छन्,’ उनी भन्छन्, ‘पाँच वर्षमा स्थानीय सरकारको मर्मअनुसार काम भएन । हामी काम गर्ने योजनासहित आएका छौँ ।’निर्वाचनको तयारीमा होमिएको नारायण कार्की टिमले निर्वाचन सम्पन्न हुन केही दिन मात्रै बाँकी रहँदा संकल्पपत्र जारी गरेको हो । जसमा पाँच वर्षे कार्यकालको मुख्य लक्ष्यका रुपमा आम रोजगारी सिर्जना गर्न र आर्थिक विकासका दायराहरु बढाउन सरकारी, सहकारी, निजी र सामुदायिक साझेदारी नमुना आयोजना विकास गरिने प्रतिवद्धता उल्लेख गरिएको छ ।

नेपालको राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको निम्ति आफ्नो अमूल्य योगदान गर्नुहुने सम्पुर्ण महानुभावहरुप्रति असीम सम्मान व्यक्त गर्दै यहाँहरुको सपनाहरु पुरा गर्ने दृढ संकल्प गर्दै कार्कीले सामाजिक संजाल मार्फत प्रतिवद्धताहरु प्रस्तुत गरेका छन।

उनका प्रतिवद्धताहरु यस्ता रहेका छनः
शिक्षा
१. गरिब, बिपन्न तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई छात्रवृति सहित माध्यामिक तह सम्म निशुल्क अध्ययनको ब्यबस्था गरिने छ ।
२. बिचैमा विद्यालय छोड्ने अबस्थाको अन्त्य गरि निरन्तर अध्ययनको लागी पढ्दै कमाउँदै कार्यक्रमको सुरुवात गरिने छ ।
३. एस.इ.इ.पास पश्चात प्राविधिक शिक्षा अध्ययनका लागी जेहेन्दार, गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुका लागी छात्रवृतिको ब्यबस्था गरिने छ ।
४. वीरेन्द्र मा.वि. को शैक्षिक गुणस्तर सुधार गरि गुणस्तरिय शिक्षाको लागी शहरका विद्यालयमा जाने अबस्थाको अन्त्य गरिने छ ।
५. विद्यालयको कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला ९क्अष्भलअभ ीबद० थप ब्यबस्थित गरि प्रयोगात्मक सिकाईलाई पुर्ण रुपमा प्रयोगमा ल्याइने छ ।
६.विद्यालयमा आवस्यक फुटबल, भलिबल, बास्केटबल, टेवलटेनिस, ब्याडमिन्टन लगायत खेलका लागी खेल सामाग्री तथा खेल मैदानको ब्यबस्था गरिने छ ।
७. विद्यालय नर्स कार्यक्रमलाई थप ब्यबस्थित गरिने छ ।
८. वीरेन्द्र मा.वि. लाई प्राविधिक विद्यालयमा रुपान्तरण गरि पशुविज्ञान, बालिविज्ञान तथा इन्जिनियरिङ कार्यक्रमहरु सुरु गर्न पहल गरिने छ ।
९. विद्यालयको वार्षिक आयव्यय विवरण सार्वजानिक लेखा प्रणालीका माध्यमबाट सबै सरोकारवालाहरु माझ सार्वजानिक गरिने छ ।
१०. विद्यालयमा वाल अधिकारको निम्ती गठित वाल अधिकार मञ्च तथा बाल क्लब गठन तथा पुनःगठन गरिने छ ।
११. श्री जन कल्याण आधारभूत विद्यालयलाई थप स्तर उन्नती गरिने
छ ।
१२.विद्यालयमा प्रत्येक वर्ष उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनोट गरि प्रमाणपत्र सहित पुरुस्कारको ब्यबस्था गरिने छ ।
१३. विद्यार्थीको सर्वाङगीण विकासको लागी अतिरिक्त कृयाकलापहरु वादविवाद, हाँजिर जवाफ, वत्तृत्वकला र खेल सप्ताह नियमित गरिने छ ।
१४. विद्यालयमा थप भौतिक संरचना तथा वगैंचाको निर्माण गरिने छ ।
१५. विद्यालयमा श्रव्य दृष्य सहित आइसिटी ९क्ष्ऋत्० को माध्यमबाट अध्ययन अध्यापनको ब्यबस्था गर्दै लगिने छ ।
१६. पढाईमा कमजोर विद्यार्थीहरुलाई निशुल्क कोचिङ क्लासको ब्यबस्था मिलाइने छ ।
१७. आवस्यकता अनुसार प्रौढ शिक्षा कक्षा सञ्चालन गरि निरक्षरता उन्मुलनका लागि बृहत योजना बनाई कार्यन्वयनमा लगी निरक्षरता उन्मुलन गरिने छ ।
स्वास्थ्य
१) हाल निर्माणाधिन रहेको काटाकुटी स्वास्थ्य चौकी भवनबाट एक बर्ष भित्र स्वास्थ्य सेवा सुरु गरिने छ ।
२) स्वास्थ्य चौकीमा अन्तरंग, बहिरंग, बिरामी भर्ना र २४ सैं घण्टा इमर्जेन्सी सेवा बिस्तार गरिने छ ।
३) स्वास्थ्य चौकी भवनमा सुबिधा सम्पन्न ल्याब सेवा सुरु गरिने छ ।
४) मधुमेह, मुटुरोग, दम, आदि रोगका बिरामीहरुलाई स्वास्थ्य चौकी बाटै ५० प्रतिशत छुटमा स्वास्थ्य चौकीबाटै औषधी वितरण गरिने छ ।
५) सम्पुर्ण नागरिकहरुको स्वास्थ्य विमा गरिने साथै गरिब विपन्न परिवारको निःशुल्क विमा गरिने छ ।
६) प्रत्येक महिना गाउँघर स्वास्थ्य क्लिनिक सेवा सुरु गरिने छ ।
७) बर्थीङ सेन्टरलाई थप ब्यबस्थित गरि भिडियो एक्सरे सेवा ९ग्क्न्० तथा एस.बि.ए. ९क्द्यब्० ट्रेनिङ प्राप्त नर्सहरुबाट डेलिभरी सेवा सुरु गरिने छ ।
८) काटाकुटी स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा सुरु गरिने छ ।
९) जटिल प्रकारका बिरामीहरुको शल्यक्रियामा वडामा विशेष आर्थिक कोष खडा गरि सहयोग गरिने छ ।
१०) स्वास्थ्य स्वयम सेवीकालाई आवश्यक तालिम तथा प्रोत्साहन भत्ताको ब्यबस्था गरिने छ ।
११) विद्यालयमा किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिनेछ ।
सडक तथा भौतिक पुर्वाधार
१) आगामी २ वर्ष भित्र सम्पुर्ण कच्ची सडकहरु ग्राबेल गरि स्तर उन्नती गरिने छ ।
२) आवस्यक ठाउँमा कच्ची ट्रयाक निमार्ण १ वर्ष भित्र गरिने छ ।
३) वडामा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरिने छ ।
४) बाघखोर बिरेन्द्र मा.वि घोक्सिला सडक कालोपत्रेका लागी संघिय सरकार तथा प्रदेश सरकार सँग समन्वय गरिने छ ।
५) पानीघाट थाली कृषि सडक स्तर उन्नती गरि सोलिङ र आवस्यक ठाउँमा ग्याबिन, मेसिनरी वाल, ढल लगायतको ब्यबस्था गरिने छ ।
६) गाउँपालिका केन्द्र देखि छहरे सम्मको सडक थप स्तर उन्नति गरिने
छ ।
७) पानीघाट सँुगुरे बेसी हुँदै तित्रे पिपलबोट नयाँ कृषि सडक निर्माण गरिने छ ।
८) घट्टे खोला गुह्ये खोला लप्टनटोल, भुजेलटोल, माघाघडेरी, आवत जावत गर्ने विभिन्न स्थानमा पक्की पुल निर्माण गरिने छ ।
९) नयाँघर टोल घ्याङडाँडा पैदल मार्गमा सिंडी निर्माण गरि दाँया बाँया फूल बगैंचा सहितको आकर्षक पैदल मार्ग निर्माण गरिने छ ।
१०) वडाबासीलाई पायक पर्ने स्थानमा बसपार्कको निर्माण गरिने छ ।
११) देखिने डाँडा देखि फेदी सम्म पैदल मार्ग ब्यबस्थित गरिने छ ।
१२) थाली देखिनेडाँडा पैदल मार्ग सिंडी सहित दाँया बाँया बगैंचा निर्माण गरिने छ ।
१३) चरङ्गे घाट तथा गाईघाटमा मलामी घर सहित घाट निमार्ण गरिने
छ ।
१४) एैतिहाँसिक घुमाउने चौताराहरुको पुननिर्माण गरि आवस्यक खानेपानी ब्यबस्थापन गरि संरक्षण गरिने छ ।
१५) भु–क्षय बाढी पहिरो जाने क्षेत्रहरुको पहिचान गरि मेसिनरी वाल तथा ग्याविन वालको निर्माण गरिने छ ।
१६) गैह्याघर टोल घ्याङडाँडा सम्मको पैदल मार्गलाई दाँया वाँया बगैचा सहित सिंंंडी निर्माण गरिने छ ।
१७) वडा भित्रको विभिन्न गोरेटो बाटोहरुलाई स्तरोन्नति गरि आवस्यकता अनुसार सिडी निर्माण गरिने छ ।
१८) मगर खोला माथिल्लो आरुखर्क शैलुङ रंगशाला सडक निर्माण
गरिने छ ।
२०) महभिर मागा सडक निर्माण गरिने छ ।
२१) छहरेदेखि भुरुङगा सडक निर्माण गरिने छ ।
२२) खकाले फस्कु सडकलाई स्तरोन्नति गरि काठमाण्डौ काटाकुटी फस्कु यातायात सञ्चालन गरिने छ ।
२३) माघाघडेरी सिस्नेरी फस्कु सडक निर्माण गरिने छ ।
२४) जनकल्याण आधारभुत विद्यालय देखि जितपुर सडक स्तरोन्नति गरिने छ ।
२५) फस्कुखोला झोलुङ्गे पुल पुनःनिर्माण गरिने छ ।

खानेपानी तथा सरसफाई
१) “निःशुल्क खानेपानी सुखी जीन्दगानी” भन्ने कुरालाई हरेक घर परिवारलाई म मेरो धारा र मुहानको संरक्षण प्रत्याभुत हुनेगरि खानेपानी वितरण गरिने छ ।
२) एक बर्ष भित्र वडाका सम्पुर्ण घर–घरमा एक घर एक धाराको अबधारणा अनुसार खानेपानीको ब्यबस्था गरिने छ ।
३) वीरेन्द्र मा.वि. लगाएत बजार क्षेत्रमा सार्बजनिक शौचालयको ब्यबस्था गरिने छ ।
४) वडा भित्रका विभिन्न पानीका मुहान तथा एैतिहाँसिक कुवा र ढुङ्गेधाराहरुको संरक्षण गरिने छ ।
कृषि पशपालन तथा सिंचाई
१) वार्डलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिलाई व्यवसाइकरण तथा आधुनिकिकरण गरिने छ ।
२) खकाले, सुगरे, तित्रे लगायत ठाउँमा सिंचाईको लागी ओख्रे छहरे पानीघाट सिंचाई कुलो निमार्ण गरिने छ ।
३) वडा भित्र रहेको खेतीयोग्य जमिनको माटो परिक्षण गरि खेती गर्न प्रोत्साहन गर्दै परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरि आधुनिक खेती विकासका लागि सहकारी संस्थाहरुको विकास गरि स्रोतको उचित परिचालन गरिने छ ।
४) वडा भित्र रहेको बाँजो जग्गालाई खेतीयोग्य जमिनको रुपमा विकास गरिने छ ।
५) बालिनालीको लागी आवस्यक किटनाशक औषधी लगायत कृषि सामाग्रीको वितरण निशुल्क गरिने छ ।
६) वडाका विभिन्न ठाउँमा व्याबसायिक फलपूmल तथा तरकारी खेतीको लागी पकेट क्षेत्र घोषणा गरि आवस्यक ऋण अनुदानको व्यबस्था गरिने छ ।
७) वडा भित्रको सिमसार क्षेत्रमा कृतिम पोखरी निमार्ण गरि सिंचाईको व्यबस्था गरिने छ ।
८) कृषकहरुले समयमै मल नपाउने समस्याको अन्त्य गरि कृषि सहकारी मार्फत मल उपलब्ध गराईने छ ।
९) व्याबसायिक पशुपालन, मौरिपालन, माछापालन, बँगुर पालन गर्नका लागी आवस्यक ऋण अनुदान सहयोग गरिने छ ।
१०) ओखरपौवा सिंचाइलाई थप स्तर उन्नती गरिने छ ।
१०) वडामा कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्रको निर्माण गरिने छ ।
११) सिजन अनुसार बिउ बिजन तथा बोटबिरुवाहरुको वितरण गरिने छ ।
वन वातावरण र जडिबुटी
१) वडा भित्र रहेका सामुदायिक, कवुलियती र राष्ट्रिय वनलाई संरक्षण गरि फँडानी आगजनी भु–क्षय आदि बाट जोगाई हराभरा बनाईने छ ।
२) वडा भित्रका वन क्षेत्रमा रहेका खालि जग्गा र खोल्साहरुमा बाँस, मालिंगो अम्रिसो लागायत मुल्यवान जडिबुटी तथा बृक्षारोपण
गरिने छ ।
३) सामुदायिक वनको निश्चित इलाका भित्र घेराबार गरि पर्या–पर्यटन ९भ्अय(त्यगचष्कm० को विकास गरिने छ ।
४) वनको सामुदायिक भवन निर्माण गरिने छ ।

पर्यटन
१) वडा भित्र रहेका सम्पुर्ण मठ मन्दिर, पाटीपौवा, आदिको संरक्षण गरिने छ ।
२) एैतिहाँसिक राउतको पोखरीलाई रानीपोखरीको ढाँचामा निर्माण गरि ओखरपौवा सिंचाईको पानीलाई सो पोखरीमा जम्मागरि पर्यटकिय सँगसगै काटाकुटी बेसीलाई सिंचाईको व्यबस्था गरिने छ ।
३) शैलुङ गाउँपालिका केन्द्र आसपासमा रहेको ठुटेमाने डाँडा, च्यानडाँडा, पिउसेचौर लागायतका स्थानहरुलाई समेटेर छ्र्योतेन निर्माण गरि हजार सिंडी बौंद मार्ग निमार्ण गरिने छ ।
४) जितपुरमा रहेको गणेश मन्दिर, भुमेथान, छहरे हरिसिद्धी आहालगाँउ स्थित माहादेव थान, माने लगायत धार्मिक मठमन्दिरको संरक्षण गरिने छ ।
५) गिद्धमरे डाँडा क्षेत्रलाई पर्यटकिय स्थलमा रुपान्तरण गरि गार्डेन पार्क निर्माण गरिने छ ।
६) एैतिहाँसिक राँगा बाँध्ने चौरलाई संरक्षण गरि पिकनिक स्थल ९एष्अष्लष्अ क्उयचत० को रुपमा विकास गरिने छ ।
७) गोल्मेश्वर सामुदायिक वन भित्र रहेको ऐतिहाँसिक गोल्मा राजा गोल्मा रानी दरबार क्षेत्रलाई संरक्षण सहित पर्यटकिय स्थलको रुपमा विकास गरिने छ ।
८) शैलुङ ५ (पाँच) काटाकुटीलाई शैलुङ डाँडा पछिको दोस्रो पर्यटकिय स्थलको रुपमा विकास गरिने छ ।
युवा तथा खेलकुद
१) वडा भित्र उपयूक्त स्थानमा एक मिनी कभर्डहलको निमार्ण गरिने छ ।
२) वार्षिक रुपमा वडा स्तरिय फुटबल बास्केटबल, भलिबल जस्ता खेल प्रतियोगिताको आयोजना गरिने छ ।
३) वडाका छहरे, माघाघडेरी, लप्टनटोल, थाली, वडा कार्यलय क्षेत्र आदि स्थानहरुमा भलिबल, ब्याडमिन्टन, बास्केटबल र टेबल टेनिसको लागी आवस्यक खेल मैदानको व्यबस्था गरिने छ ।
४) वडा भित्रको चुलिडाँडा र सानाचौर खेल मैदानलाई व्यबस्थित र स्तर उन्नती गरिने छ ।
५) गिद्धमरे चौरलाई खेलकुद मैदानको रुपमा विकास गरिने छ ।
६) वडाका उत्कृष्ट खेलाडीहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिने छ ।
७) खेलकुद विकास र प्रवद्धर्नकोलागी नियमित तालिमको व्यबस्था गरिने छ ।
यूवा स्वरोजगार घरेलु तथा ग्रामिण उद्योग
१) वडा भित्र काठ मिल, सीलाई बुनाई बाँस तथा मांलिङगो बाट बन्ने सामग्री, साबुन, धुप, पराल, छ्यावलीबाट बन्ने हस्तकला तथा फलाम जन्य सामाग्री उत्पादन उद्योग सञ्चालनको लागी आवस्यक तालिमको व्यबस्था गरि उद्योग स्थापनाकोलागी आवस्यक ऋण तथा अनुदानको व्यबस्था गरिने छ । यसका साथसाथै आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराई बजारको व्यवस्थापनको जिम्मा वडाले नै गर्ने छ ।
२) सडक तथा भवन निर्माण लगायत पुर्वाधार निर्माणमा महिला पुरुषलाई समान अवसर तथा कामको समान ज्यालादारीलाई कडाइका साथ कार्यान्वयन गरिने छ ।
३) घरेलु तथा साना उद्योगलाई कर छुटको व्यवस्था गरि स्थानिय स्तरमा नै रोजगारिको व्यवस्था गरिनेछ ।
४) युवाहरुलाई दक्ष जनशक्तिमा रुपान्तरण गर्न विभिन्न प्राविधिक तथा व्यवसायिक तालिमको ब्यबस्था गरिने छ ।
५) युवाहरुलाई निःशुल्क लोकसेवा तयारी कक्षाको व्यबस्था गरिने छ ।
जेष्ठ नागरिक, महिल,ा वालवालिका तथा अपाङगता
१) विभिन्न राष्ट्रिय पर्वहरुमा जेष्ठ नागरिक लगायत समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिने छ ।
२) महिला वालवालिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरु माथि हुने हिंसाको अन्त्य गरिने छ ।
३) एकल महिला तथा पुरुषलाई स्थानिय रोजगारीमा विशेष प्राथमिकता दिईने छ ।
भुतपुर्ब सैनिक, प्रहरी तथा निजामति कर्मचारी सम्मान
१) सैनिक दिवस, प्रहरी दिवश तथा निजामति कर्मचारी दिवसका अवसरमा भुतपुर्व सैनिक, प्रहरी तथा निजामती कर्मचारीलाई योगदानका आधारमा सम्मान गरिनेछ । साथै उहाँहरुको अनुभवलाई वडाको सर्वाङ्गिण विकासको लागि भरपुर प्रयोगमा ल्याइने छ ।
२) भुतपुर्व सैनिक, प्रहरी, निजामती कर्मचारी तथा बद्धिजीवीहरुको संलग्नतामा वडा विकास सल्लाहकार कमिटी गठन गरि वडाको विकासको खाका तयार पारी कार्यान्वयनमा ल्याइने छ ।

अन्य प्रतिवद्धताहरु
१) राजनिती पेशा नभएर सेवा भएकोले सेवा सुविधा स्वरुप प्राप्त हने रकमद्धारा सामाजिक विकास कोष खडा गरि वडाको विकासमा टेवा पु¥याउने प्रतिवद्धता गर्दछु ।
२) वडामा सामुहिक कार्यका लागि युवा क्लब, वाल क्लब, महिला समुह, किसान समुह, टोल सुधार कमिटी गठन गरि सञ्चालन गरिने छ ।
३) युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने छ ।
४) भ्रष्टाचार, कुशासन, कमिसनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तावाद लगायत सबै खालको विकृति र विसंगतिको अन्त्य गरिने छ ।
५) वर्तमान समाजमा विद्यमान बर्गिय, जातिय, लैंगिक, भाषिक, धार्मिक, सास्कृतिक लगायत सबै खाले विभेदको अन्त्य गरिने छ ।
६) वडामै बैंक तथा प्रहरी चौकी स्थापना गर्न भूमिका खेल्ने छु ।

185 Views

ताजा

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal