‘हरुवा र सरुवाहरुलाई होइन, रुखमा भोट हाल्नुहोला’– देउवा

२०७९ बैशाख २७ गते, मंगलवार

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन् । चुनावी दौडधुपमा गृहजिल्ला पुगेका देउवाले मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने उनको दाबी छ। ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने। डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनको भनाइ छ। तर, प्रदेशसभाले प्रदेश राजधानी कैलालीको गोदावरीमा बनाउने निर्णय गरिसकेको छ भने अस्थायी राजधानी धनगढीमा छ ।

यस्तै फरक सन्दर्भमा बोल्दै देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाइ मत दिएर जिताउन आग्रह गरेका छन्। उनले अमरगढी नगरपालिका जिल्लाकै विशेष ठाउँ भएको जनाउँदै त्यहाँ मेयरका उम्मेदवार डिल्लीराज जोशीलाई जिताउन आग्रह गरे। उनले भने, ‘हाम्रो मेयरको उम्मेदवार हुनुहुन्छ जोशीजी। करुवा, सरुवा केही छैन। अब हरुवा र सरुवाहरुलाई होइन, रुखमा भोट हाल्नुहोला।’ यस्तै सबै स्थानीय पालिकाहरुमा कांग्रेसको उम्मेदवारहरु जित्नुपर्ने उनको भनाइ थियो।

130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal