‘बागी’ उम्मेदवारहरुलाई पार्टीबाट निष्कासन गर्ने कांग्रेसको चेतावनी

२०७९ बैशाख १६ गते, शुक्रबार

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने नेपाली कांग्रेसले उर्दी जारी गरेको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएका छन् । यस्तै, आज बेलुका ५ बजेभित्र त्यसरी दर्ता गराइएको उमेदवारी फिर्ता लिन पनि निर्देशन दिइएको छ ।

“२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उमेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उमेदवारी दर्ता गरे÷गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार बिहान १० देखि ५ बजेसम्म) उमेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उमेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,” विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमार्फत तोकिएको समयभित्र ‘बागी’ उमेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी पनि दिइएको छ ।

136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal