स्थानीय निर्वाचन स् भोट माग्दै घरदैलोमा उम्मेदवार
कञ्चनपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । यहाँको भीमदत्त नगरपालिकामा नेकपा (एमाले) बाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका महेशप्रसाद पन्त र उपप्रमुख पदका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका राजेन्द्र पाण्डेय र उपप्रमुख कृष्णदत्त जोशीले पनि टोलस्तरसम्म पुगेर भोट मागिरहेका छन् । त्यसैगरी नेपाली काँग्रेसले भीमदत्त नगरपालिका–१ स्थित रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम अभियान शुभारम्भ गर्दैछ ।
“बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टिम सहभागी हुनेछ,” नेपाली कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने, “यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेका छन् ।” उहाँले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए ।
त्यसैगरी यहाँका अन्य स्थानीय तहलमा पनि नेताले घरदैलो अभियान सुरु गरेका छन् । यहाँको बेलौरी नगरपालिका, पुर्नवास नगरपालिकालगायतका पालिका पालिकामा समेत घरदैलो अभियान सुरु गरेका छन् । नेकपा एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले पार्टीका उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिसकेको जानकारी दिइन् ।
“पहिलोपटक बेलौरीमा हामीले शिक्षित महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ ।” उपाध्यक्ष खत्रीले भनिन्, “यहाँका दशवटै घरदैलो अभियान सुरु भएको छ ।” पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानका जानुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उनको भनाइ छ ।
त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र समाजवादी पार्टीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान गरेका छन् । “१६ गतेपछि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन् ।” उनले भने, “अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।”
नौवटै पालिकामा रहेका कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाले उम्मेदवारी परेको छ । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी यहाँको दोधारा चाँदनी नगरपालिकामा आठ जनाले नगरप्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराएका छन् । त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । (रासस)
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





