घोरीवालामार्टका निर्देशक अग्रवाललाई उपराष्ट्रपतिबाट सम्मान

२०७९ बैशाख ११ गते, आईतवार

काठमाडौ । घोरीवाला मार्टका निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी विकास अग्रवाललाई शनिबार सम्मान गरिएको छ ।
काठमाडौमा शनिबार फोकस नेपालले नव वर्ष तथा लोकतन्त्र दिवस २०७९ को अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना विशेष सांस्कृतिक समारोहमा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहका बीच अग्रवाललाई सम्मान गरेका हुन् ।
सम्मानित अग्रवालले लामो समयदेखि घोरीवालामार्टमार्फत ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरिज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट, गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा बिक्रेता व्यवसायीको रुपमा सेवा दिइरहेका छन् । सम्मानित भएपछि अग्रवालले खुशी व्यक्त गर्दै आफूलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेललाई धन्यबाद दिँदै हस्पिलिटी तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुने बताए । उनले सम्मानले थप उर्जा मिलेको जनाएका छन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतका विशेष अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा लोकप्रिय नेपाली नौमती पन्चेबाजाको साथमा मयुर नाच, राष्ट्रिय स्तरका कलाकारहरूले नृत्य एवं विशेष सांगीतिक प्रस्तुति सहित भव्य रूपमा आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई विशेष सम्मान गरिएको थियो ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal