भरतपुरको मेयरमा रेनु र एमालेका सुवेदीबीच भिडन्त, कसले मार्ला बाजी ?

२०७९ बैशाख ११ गते, आईतवार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदीबीच भिडन्त हुने भएको छ । पाँच दलीय गठबन्धनबाट दाहाल र एमालेबाट सुवेदीलाई टिकट दिइएसँगै भिडन्त निश्चित भएको हो ।

दाहालले मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि माओवादीबाट उम्मेदवारी दिएकी हुन्। यस्तै सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका हुन् ।

माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । उपमेयरमा काँग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिब्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।

भरतपुरको मेयरको मत हेर्दा काँग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो । काँग्रेससहितका पाँच दलीय चुनावी तालमेल गरेपनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal