गोकर्णेश्वरको मेयरमा सर्वसाधरणको समर्थन पनि रिसाललाई
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको नगर समितिले क्षेत्रीय सचिवसमेत रहेका दीपककुमार रिसाललाई एक नम्बरमा सिफारिस गरेको छ ।
रिसालसहित नगर सभापति कुमार लामा पनि मेयरको सिफारिसमा परेका छन् । नगर समितिले वैशाख ६ गते पत्र जारी गर्दै उपमेयरमा शान्ति नेपाल, गिता सिंखडा र लेखकुमारी पुडासैनीलाई सिफारिस गरिएको जनाएको छ । पार्टीले मेयर र उपमेयरमा नै एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने भने पनि मेयरमा कुनै पनि महिलाको दाबी नभएको नगर समितिले जारी गरेको सूचनामा जनाइएको हो । चैत्र २८ गते बसेको बैठकले नाम सिफारिस गरेको हो । उपप्रमुखमा सिफारिस नेपाल उपमेयर हुन् । मेयर पनि कांग्रेसकै सन्तोष चालिसे छन्, चालिसे क्षेत्रीय सभापति पनि हुन् । गोकर्णश्वर क्षेत्र नम्बर ३ मा पर्दछ । नगरले समितिका पदाधिकारी तथा सदस्यहरुका साथै अरुले रिसाललाइ मेयर बनाउनुपर्छ भनेर गरेको समर्थनको प्रति पनि पार्टीले विभिन्न निकायमा पठाएको छ । रिसाललाई मेयर बनाउन उपयुक्त हुन्छ भन्दै पार्टीका नेतासहित, बुद्धिजिवी र सर्वसाधरणले समेत राय दिएका थिए । सबैको सुझावलाई आधार मानेर नाम सिफारिस गरिएको नगरले जनाएको छ ।
रिसाल गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी हुन् । उनी जनताको सुखदुखमा सधैं सहभागी भएका छन् । नगरपालिकाको प्रमुख सल्लाहकारको भूमिकामा रहेर पनि उनले आफ्नो थप लोकप्रियता कमाएका छन् । २०४६ सालदेखि कांग्रेसको राजनीतिमा लागेको बताउने उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् । उनी अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् । उनी गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको महासचिव पनि हुन् । उनले नगरपालिकालाई कस्तो बनाउने भन्ने खाका पनि बनाइसकेका छन् ।
उनले गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने आफ्नो सपना रहेको बताए । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्न चाहना छ,’ उनले भने । उनले नगरपालिकाले अहिले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन् । शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभीर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।
‘म निर्वाचित भएपछि पनि नगरवासीकै काममा लाग्ने हो, तपाइहरुले दिएको विश्वासमाथि धोका हुने छैन’ उनले भने ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





