उम्मेदबार छनौटमा एमालेलाई निरन्तर दवाब दिदै परिवार दल

२०७९ बैशाख ८ गते, बिहीबार

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता भएको छ । बुधबार एमाले कार्यालयमा भएको भेटपछि परिवार दलका महामन्त्री सन्तोष पौडेलले जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन एमालेलाई आग्र गरेको बताए । एमालेले परिवार दलबीच भएको छलफल पछि तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ ।
जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई बुधबार महासचिव शंकर पोखरेलले पठाएको पत्रमा राप्रपा नेपाल, नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिइएको छ । एमालेले गत चैत ३० ती दलसँग चुनाबी तालमेल गरेको थियो । यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले भनेको छ । उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन । एमाले महासचिब शंकर पोखरेलले परिवार दलको स्थानीय निकायमा सम्मानजनक उपस्थीति रहनेमा ढुक्क हुन आग्रह गरे ।
पार्टीको प्रभाव र अवस्था हेरेर आ–आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गरेको भेटपछि परिवार दलका सह.महामन्त्री मनोज कुमार सुर्खेतिले बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा परिवार दलको संगठन बलियो रहेको बताईन्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल भए पनि कुन स्थानीय तहमा परिवार दल उम्मेदबार बन्ने भन्ने बारेमा टुङो लाग्न सकेको छैन ।
जिल्ला तहको भेटमा दुई पार्टी बीच चुनावी गठबन्धन बलियो बनाउने सहमति भएको छ भने परिवार दलले स्थानीय निकायमा प्रतिनिधित्व गराउने एमाले जिल्ला स्तरिय नेताहरु सहमत भएका छन् । भेटमा एमाले महासचिव शंकर पोखरेलपरिवार दलको तर्फबाट महामन्त्री सन्तोष पौडेल सहमहामन्त्री मनोज कुमार सुर्खेती केन्द्रीय सदस्य लक्ष्मी प्रसाद भण्डारी लगायतको नेताको उपस्थती रहेको थियो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्ता भएको थियो भने बमङलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल सहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक बार्तापछि एमाले र परिवार दलबीच तालमेल गर्ने सहमति जुटेको हो ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal