पोखरा महानगरपालिकामा कांग्रेसबाट उपमेयर दाबी गर्ने पाण्डे को हुन् ?
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी पाण्डे क्षेत्रीले दाबी गरेकी छिन् ।
आइतबार महानगर समितिले उम्मेदवार हुन इच्छुकलाई मनोनयन दर्ताको लागि आव्हान गरेको थियो । उपमेयरमा पाण्डेसहित ८ जनाले उम्मेदवारी दिएका छन् । पाण्डे नेपाली कांग्रेसकी पुरानी नेतृ हुन् । उनले आफू स्वभाविक उम्मेदवार भएकाले नाम दर्ता गराएको बताइन् । मेयरमा १८ जनाको दाबी रहेको छ । पार्टीको निवर्तमान जिल्ला कोषाध्यक्ष उनी कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार भएकी थिइन्, उनले महाधिवेशनमा केन्द्रीय सदस्य हारे पनि सम्मानजनक मत पाएकी थिइन् । पार्टीका हरेक गतिविधिमा संलग्न उनले महानगरको उपप्रमुख भएपछि महानगरको विकासका लागि के के गर्ने भन्ने खाका पनि पहिले नै बनाइसकेकी छिन् । ‘म राजनीतिमा पुरानै मान्छेमध्ये गनिन्छु, अहिलेसम्म पार्टीको लागि धेरै योगदान गरेको छु, अब त्यहाँ पुगेपछि महानगरवासी, देशवासी र जनताको लागि काम गर्नेछु’ उनी भन्छिन् ‘मैले गरेको सामाजिक योगदानका आधारमा पनि मलाई धेरै मत आउँछ, अहिलेसम्म कसैलाई अहित हुने काम गरेकी छैन र गर्दा पनि गर्दिन ।’ उनी राजनीतिलाई स्वच्छ बनाउने अभियानमा पनि छिन् ।
उनी इमानदारिताका साथ राजनीति गर्दै आएकी छिन् । अहिलेसम्म कांग्रेसबाट उम्मेदवार बनेका सबैलाई जिताउन उनी आफ्नो ठाउँबाट सक्रियताका साथ लागेकी छिन् । ‘यसअघि अरुको लागि लागियो त्यसैले पनि यसपालि सबैसँग सहयोगको अपेक्षा गरेकी छु’ पाण्डे उत्साहित हुँदै भन्छिन् ‘ म आएपछि केही समयमै महानगरवासीले सकारात्मक परिवर्तन भएको महसुश गर्न पाउनुहुने छ ।’ उनी राजनीतिसँगै सामाजिक गतिविधिमा पनि सक्रिय छिन् । उनी क्षेत्री समाज नेपालकी राष्ट्रिय उपाध्यक्ष, बीपी अध्ययन प्रतिष्ठान गण्डकीकी अध्यक्ष, महिला उद्यमी सेवा नेपालकी संस्थापक अध्यक्ष, राष्ट्रिय परोपकार महासंघ नेपालकी आजीवन सदस्य पनि हुन् । कास्कीको क्षेत्र नम्बर २ को नेपाल महिला संघकी क्षेत्रीय सभापति, पार्टीको क्षेत्रीय सदस्य भएर समेत आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएकी उनले समाजका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै आएकी छिन् । उनी नेपाल रेडक्रम सोसाइटीकी आजीवन सदस्य, नेपाल परिवार नियोजन संघ कास्कीकी सदस्य पनि हुन् । २०७२ सालमा गएको महाभूकम्पमा पनि उनले राहत बाँडिन् । कोरोना महामारीमा स्वास्थ्य सामग्रीका साथै आवश्यक खाद्यान्न र अन्य सहयोग पनि गरेकी थिइन् । उनले गरेको सहयोग जिल्लावासी र महानगरवासीले अझै पनि सम्झिइरहेका छन् ।
उनका बुबा खड्गबहादुर जंगली पनि स्याङ्जाको सेतीदोभान गाउँ पञ्चायतको प्रधानपञ्च थिए । परिवार नै राजनीतिमा भएकाले उनलाई पनि राजनीतिमा आउन सजिलो भयो । त्यतिमात्र होइन ससुरा डम्बरबहादुर पाण्डे पनि प्रजातन्त्र प्राप्तिको लागि योगदान दिएका चर्चित व्यक्ति हुन् । घरमा पनि र माइतमा पनि राजनीतिक वातावरण भएकाले उनलाई पनि राजनीति गर्न कतै रोकतोक भएन, उनी जहाँ जसरी लागिन् सफल भएरै छोडिन् । उनले कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय महासंघको महासचिव भएर पनि काम गरिसकेकी छिन् । विभिन्न ठाउँमा भएका राष्ट्रिय सम्मेलनमा उनले नै नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।
‘म राजनीतिबाट कहिल्यै पनि हराएकी छैन, सँगसँगै समाजसेवा पनि गर्दै आएकी छु, मेरो क्षमता र लगनशीलता हेरेर पार्टीले मलाई उपमेयरमा टिकट पाउँछु भन्ने लागेको छ ’ उनले भनिन् ‘ म अनावश्यक गफ र भाषणमा विश्वास गर्दिन, महानगरलाई बनाउने मेरो सपना छ त्यो पूरा गरेरै छोड्छु ।’
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





