जनताको आवश्यकता सम्बोधननै लोकतन्त्रको संस्थागतः राष्ट्रपति भण्डारी

२०७८ चैत्र १६ गते, बुधबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउनुभयो ।

“संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ”, उहाँले भन्नुभयो । भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरियाली प्रवद्र्धधन गर्ने, पानीका मूल बचाउने एवं जैवीक विविधताको रक्षागर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्तासमेतका लागि सुरक्षित बनाउन सक्दछौँ ।”

उहाँले स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गर्नुभयो । भण्डारीले जनप्रतिनिधिले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाईजस्ता आधारभूत सेवा सरल र रहजरूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्ने बताउनुभयो ।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal