जनताको आवश्यकता सम्बोधननै लोकतन्त्रको संस्थागतः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिकरूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउनुभयो ।
“संविधानको यस भावनालाई आत्मसात गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ”, उहाँले भन्नुभयो । भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरियाली प्रवद्र्धधन गर्ने, पानीका मूल बचाउने एवं जैवीक विविधताको रक्षागर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्तासमेतका लागि सुरक्षित बनाउन सक्दछौँ ।”
उहाँले स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गर्नुभयो । भण्डारीले जनप्रतिनिधिले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाईजस्ता आधारभूत सेवा सरल र रहजरूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्ने बताउनुभयो ।
ताजा

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
तालमेलका कारण निर्वाचन परिणाम उत्साहजनक आयोः शर्मा
२०७९ जेष्ठ ५ गते, बिहीबार
चाँनगुनारायण– ७ मा राप्रपाबाट श्रेष्ठ विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार