दलित बस्तीका १३ घर आगलागी

२०७८ चैत्र १३ गते, आईतवार

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताए । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ ।

आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

मलङ्गवा, हरिवन नगरपालिकाको बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । गर्मीयाममा सावधानी नअपनाउँदा वर्षेनी आगलागीका घटना हुने गरेको छ । (रासस)

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal