गाई मरेको शोकमा किरिया…
चितवन । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।
उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनले भने, “गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु । ”
योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए । गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि ९बूढो भएपछि० गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ ।
आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ । हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ । “गौ संरक्षण केन्द्रमा पालिएका गाईका लागि विभिन्न व्यक्तिले दाना, परालको व्यवस्थापन गर्दै आउनुभएको छ”, उनले भने, “ नियमित आम्दानी नहुँदा गाईको संरक्षणमा गाह्रो हुँदै आएको छ, राज्यले यसतर्फ ध्यान दिएमा केही सहज हुने थियो ।” केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ ।
योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको जानकारी दिए । उनका अनुसार रु एक करोडको अक्षयकोष निर्माण गर्ने गरी अभियान नै अगाडि बढाइएको छ । अक्षयकोषको लक्ष्यअनुरुप नै विभिन्न व्यक्ति तथा दाताले कोषमा रकम थप गर्दै आइरहेका छन् ।
स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने गौ संरक्षण केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । “हाम्रो स्थानीय जातको गाई जुन गाईको जुरो पलाएको हुन्छ, ती गाईका दूधसहित गहुँत र गोबरमा औषधीय गुण हुन्छ”, उहाँले भन्नुभयो, “हामीले वागीश्वरीमा शुद्ध गौ अर्क निर्माण बिक्री वितरण गर्दै आइरहेका छौँ ।” स्थानीय जातको दूध तथा गहुँतको नियमित सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै क्यान्सर रोगबाट समेत मुक्ति मिल्ने उहाँको भनाइ छ । (रासस)
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





