काठमाडौंको रामकोटमा ५ सदस्यद्वारा विष सेवन, एकको मृत्यु

२०७८ फाल्गुन २४ गते, मंगलवार

काठमाडौं । हिजो सोमबार बिहान ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यृको खबर सेलाउन नपाउँदै आज काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जनाले विष सेवन गरेका छन् । विष सेवनबाट नागार्जुन नगरपालिका–६ डाँडापौवामा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको छ ।
परिवारका ५ सदस्यले विष सेवन गरेको र एकजनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।
विष सेवनपछि अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा पठाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअनुसार घटनास्थलमा सल्फस लगायत किटनाशक औषधीका बट्टा भेटिएका छन् । उनीहरु डा.उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार ३८ वर्षीय भीम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल, ६२ वर्षीया ईन्दिरामाया प्रधान र ११ वर्षीया सुप्रेण प्रधानको उपचार भइरहेको छ । काठमाडौं महानगरपालिका–१५ डल्लु घर भएका उनीहरू नागार्जुनमा भाडामा बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal