जिल्लाको शान्ति सुरक्षा भरपर्दो बनाउँने छुः प्रहरी उपरीक्षक शाही

२०७८ फाल्गुन २२ गते, आईतवार

बर्दिया, गुलरिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले खुला सीमामा हुने अपराधका बिषयमा नेपाल प्रहरी गम्भीर बन्ने बताउदै सुरक्षा संवेदनशिल क्षेत्रमा प्रहरीले निगरानी बढाइ जिल्लाको शान्ती सुरक्षा भरपर्दो बनाउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सीमामा हुने तस्करी, मानव वेचविखन जस्ता समस्या पनि नियन्त्रण र निरुत्साहित गर्न प्रहरी निरन्तर खटिने बताउदै बर्दियाको ८३ किलोमिटर नेपाल भारतको खुल्ला सीमा र जोडिएका दर्जनौ गाउँको शान्ती सुरक्षामा प्रहरी संवेदनशिल रहने उहाँको भनाई छ ।
संस्कृतिलाई बिसंगतिमा परिणत गरेर सामाजिक सद्भाव खल्बल्याउने र ध्वनि प्रदुषण गर्ने काम रोक्न आफु योजना बनाई अघि बढने उहाँको भनाई छ ।
सञ्चारकर्मीहरुसंगको अन्र्तक्रियामा प्रहरी उपरीक्षक शाहीले प्रहरीको त्रुटि भएमा सचेत गराउँन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
‘प्रहरी मात्र सबै कुरा गरेर सम्भव हुदैन, शान्ती सुरक्षाको बिषयमा भरपर्दो सुचना आवश्य हुन्छ’ उहाँले भन्नुभयो,‘सबै पक्षको सहयोग, सहकार्य र समन्वयबाट सम्भव हुन्छ ।’ ‘प्रहरीले मात्र गरेर सवैे समस्या समाधान नहुन सक्छ’ उहाले भन्नुभयो,‘तपाईहरुले साथ दिनु भयो भने काम गर्दै जान्छु, कामको बारेमा तपाईहरुलाई जानकारी पनि दिन्छु ।’
सञ्चारकर्मी भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यम नाथ घिमिरे, बर्दिया अध्यक्ष यादव आचार्य लगायतले जिल्लाको शान्ति सुरक्षमा प्रहरीले खेल्नुपर्ने भुमिकाका बारेमा सुझाव दिनु भएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही, प्रहरी निरीक्षक चक्र डम्मर पाल, राजन गौतम, गोपाल पौडेल, प्रहरी नायव निरीक्षक कपिल शर्मा र संचारकर्मीको उपस्थिति रहेको थियो ।

269 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal