जिल्लाको शान्ति सुरक्षा भरपर्दो बनाउँने छुः प्रहरी उपरीक्षक शाही

बर्दिया, गुलरिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले खुला सीमामा हुने अपराधका बिषयमा नेपाल प्रहरी गम्भीर बन्ने बताउदै सुरक्षा संवेदनशिल क्षेत्रमा प्रहरीले निगरानी बढाइ जिल्लाको शान्ती सुरक्षा भरपर्दो बनाउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सीमामा हुने तस्करी, मानव वेचविखन जस्ता समस्या पनि नियन्त्रण र निरुत्साहित गर्न प्रहरी निरन्तर खटिने बताउदै बर्दियाको ८३ किलोमिटर नेपाल भारतको खुल्ला सीमा र जोडिएका दर्जनौ गाउँको शान्ती सुरक्षामा प्रहरी संवेदनशिल रहने उहाँको भनाई छ ।
संस्कृतिलाई बिसंगतिमा परिणत गरेर सामाजिक सद्भाव खल्बल्याउने र ध्वनि प्रदुषण गर्ने काम रोक्न आफु योजना बनाई अघि बढने उहाँको भनाई छ ।
सञ्चारकर्मीहरुसंगको अन्र्तक्रियामा प्रहरी उपरीक्षक शाहीले प्रहरीको त्रुटि भएमा सचेत गराउँन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
‘प्रहरी मात्र सबै कुरा गरेर सम्भव हुदैन, शान्ती सुरक्षाको बिषयमा भरपर्दो सुचना आवश्य हुन्छ’ उहाँले भन्नुभयो,‘सबै पक्षको सहयोग, सहकार्य र समन्वयबाट सम्भव हुन्छ ।’ ‘प्रहरीले मात्र गरेर सवैे समस्या समाधान नहुन सक्छ’ उहाले भन्नुभयो,‘तपाईहरुले साथ दिनु भयो भने काम गर्दै जान्छु, कामको बारेमा तपाईहरुलाई जानकारी पनि दिन्छु ।’
सञ्चारकर्मी भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यम नाथ घिमिरे, बर्दिया अध्यक्ष यादव आचार्य लगायतले जिल्लाको शान्ति सुरक्षमा प्रहरीले खेल्नुपर्ने भुमिकाका बारेमा सुझाव दिनु भएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही, प्रहरी निरीक्षक चक्र डम्मर पाल, राजन गौतम, गोपाल पौडेल, प्रहरी नायव निरीक्षक कपिल शर्मा र संचारकर्मीको उपस्थिति रहेको थियो ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार