आठ जिल्लामा कांग्रेस सभापति चयन, ८ जिल्ला अझै बाँकी

२०७८ फाल्गुन २२ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् ।

चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा विजयी महेन्द्रध्वज जिसी संस्थापनइतरका हुन् । महोत्तरी जिल्ला सभापतिमा निर्वाचित नागेश्वर यादवले आफू स्वतन्त्र भएको दाबी गर्नुभएको छ ।

८ जिल्लाको सभापति चयन हुँदा संस्थापन पक्षका तीन सभापति चयन भएका छन् । कैलालीका नारायणदत्त भट्ट, मकवानपुरका बुद्ध लामा र पर्साका जनार्दनसिंह क्षत्री संस्थापन पक्षका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनअघि जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन । आइतबारसम्म आठ जिल्लाको अधिवेशन सकियो भने ८ जिल्लाको बाँकी छ ।

अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन हुन बाँकी छ ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal