टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

२०७८ फाल्गुन १० गते, मंगलवार

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा हिजो क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्यो । क्यानडालाई ८ विकेटले पराजित गर्न उत्कृष्ट बलिङ गरेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक प्लेयर अफ दि म्याच चुनिए । नेपाल समूह ‘बी’ मा ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । यूएई तीन खेलमा दुईमा जित र एकमा हारसहित ४ अङ्कका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । अर्को सेमिफाइनलमा आज ओमान र आयरल्यान्ड पनि खेल्दैछन् । दुवै सेमिफाइनलका खेल आज दिउँसो पौने चार बजे ओमानमा हुनेछ। फाइनलमा पुग्ने दुवै टोलीले विश्व कप खेल्न पाउनेछन् ।

फाइनल खेल आउँदो बिहीवार हुनेछ । चार देश सम्मिलित टी–२० श्रृङ्खलामा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

117 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal