काठमाडौं शाखाद्वारा स्व. राईको स्मृतिमा श्रद्धाञ्जलिसभा सम्पन्न
चम्पा बोहोरा
काठमाडौं । प्रभाव राष्ट्रिय दैनिकका सम्पादक, खास खबर साप्ताहिकका सम्पादक÷प्रकाशक, अर्थ सवाल साप्ताहिकका नियमित स्तम्भकार तथा नेपाल पत्रकार महासंघ शाखाका कार्य समिति सदस्य कमलराज राईको १३औं दिनको स्मृतिमा गत मंगलबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्नो कार्य समिति सदस्य राईको सम्झनामा श्रद्धाञ्जलिसभा समापन गरेको छ । राईको गत माघ २० गते हृदयघातका कारण ४५ वर्षको उमेरमा निधन भएको थियो ।

भृकुटीमण्डपस्थित शाखाको प्राङ्गणमा उक्त आयोजिन कार्यक्रममा राईले संस्थागत विकासमा पु¥याएको योगदानको समिक्षा गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिडको संक्रमण फैलिएको समयमा राईले आफ्नै साधन प्रयोग गरेर धेरै बिरामीहरुलाई आफ्नो जीवनको प्रभाव नगरी अस्पतालसम्म लैजाने र अस्पतालमा बिरामीहरुको लागि बेड खोज्नेदेखि लिएर शाखाका धेरै कामहरु गर्नुका साथै धेरै सञ्चारकर्मीहरुलाई कोभिडको महामारीमा सहयोग समेत उपलब्ध गराएको स्मरण गर्दै पत्रकारिताको माध्यमबाट राईले राष्ट्रको विकासमा उल्लेखनीय भुमिका निर्वाह गरेको अध्यक्ष सुवेदी निकै भावुक हुँदै स्मरण गर्नुभयो ।

साथै, शाखाका सचिव महेश्वर गौतमले सहकर्मी राईको निधनले कार्य समितिले परिपक्व अभिभावक गुमाएको र पत्रकारिता जगतले एउटा कलमबीरलाई गुमाएको बताउँदै उनको आदर्शलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । साथै प्रेस सेन्टरका प्रतिनिधि सागर पन्तले स्व. कमलराज राईको निकै प्रशंसा गर्नुका साथै भोलिका दिनमा स्व. राईको परिवारलाई केही समस्या परे संगठन तथा आफ्नो व्यक्तिगत तर्फबाट जस्तोसुकै सहयोग गनृ पनि पछि नपर्ने बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै कार्य समिति सदस्य रमेश कुमार बोहोराले स्व. राईले काठमाडौंमा शाखाले परिपक्व अभिभावक गुमाएको र काठमाडौं शाखाको टाक्सफोर्स समिति स्थापना भएदेखि नै उहाँले धेरै पत्रकारलाई सहयोग गर्नुका साथै कार्य समितिको टिमबाट पहिलो सहयोग स्वरुप पाँच हजार आफूलाई दिएको स्मरण गराउनुभयो । स्व. राईले काठमाडौं शाखामा बनाउनु भएको योजनाहरुलाई शिरोपर गर्दै सदैव शाखामा देखिएको सपनालाई साकार पार्नेमा तत्पर रहेको समेत बोहोराले बताउनुका साथै स्व. राई निकै सरल र मिलनसार स्वभावका राईले मुलुकको पत्रकारिता क्षेत्रमा विकासमा अतुलनीय योगदान पु¥याएको र उनको निधनले यस क्षेत्रमा ठूलो क्षति भएको बताए ।

उक्त कार्यक्रममा बोल्दै कार्यसमिति सदस्य कृष्णराज गौतम, शोभा अर्याल तथा प्रभाव दैनिकका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्कीले स्व. राईले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानलाई कहिलेपनि आफूहरुले नभुल्ने बताउँदै उहाँले देखाउने भएको बाटोमा आफूहरु निरन्तर लागिरहने समेत बताए । उक्त सभामा कार्य समिति सदस्य सुभाष कुमार सुनुवार, शैलेश डंगोल, रिना श्रेष्ठ र उपत्यका प्रदेश समितिका सदस्य अर्जुन बहादुर तामाङ, शाखाका पूर्व कोषाध्यक्ष रामचन्द्र बस्नेतलगायत थुप्रै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ताजा
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै
२०८३ आश्विन १० गते, शनिबार
एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर
२०८३ आश्विन १० गते, शनिबार
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ
२०८३ आश्विन ९ गते, शुक्रबार
प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने
२०८३ आश्विन ९ गते, शुक्रबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





