आज एमसीसी टेबल हुन सक्ने

२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
आजको बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।

मङ्गलवार बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी पारित गर्ने निर्णय गरेसँगै आजको संसद्मा उक्त सम्झौता टेबल हुन सक्ने बुझिएको छ तर, संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीको विरोध गरिरहे पनि दबाबमा छन् ।

सभामुख अग्नि सापकोटाले आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने जनाएको छ ।

एमालेले आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal