कांग्रेस शीर्ष नेताहरूको एउटै बोलिः एमसीसी पास गर्न ढिला नगरौ

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भोलि बुधवार बोलाइएको प्रतिनिधि सभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताउनुभएको छ ।

आज मङ्गलवार नयाँ बानेश्वमा रहेको संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताउनुभयो । नेता कोइरालाले एमसीसीको रूपरेखाहरू नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताउनुभयो ।

नेता कोइरालाले भन्नुभयो, ‘रामशरण महतज्यूले एमसीसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो । नौ वटा देशमा त्यस्तै कार्यक्रमहरु चलिरहेको छ । त्यहाँ अमेरिकी सेनाहरू गएका छैनन् । यसको रेखा नेपाल सरकारले गर्ने हो भन्ने छ । भोलिको बैठकमा पेस हुन सक्ने सम्भावना छ । बैठकको निस्कर्ष निस्किसकेको छैन । तर एमसीसी पास गर्नुपर्छ भन्ने कुरा हो । बैठकमा रामशरण महतजीले नेपालको लागि एमसीसी राम्रो हो । यहाँ अमेरिकाको सेना आउँदैन, उसले यहाँ हस्तक्षेप गर्दैन भन्ने कुराहरू राख्नुभएको छ ।’

यस्तै बैठकमा नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलो गर्न नहुने बताउनुभयो । उहाँले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो । उहाँले अनुदान लिन्नँ भन्नु हास्यास्पद भएकोले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताउनुभयो ।

नेतृ कोइरालाले भन्नुभयो, ‘एमसीसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ । यो एउटा सहयोग हो । अनुदानलाई लिन्नँ भन्दा राम्रो देखिँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ । हाम्रो यति लामो समयदेखिको सम्बन्ध छ विभिन्न देशहरूसँग, त्यो बिग्रिन्छ । त्यसले नेपाललाई धेरै नै क्षति पुर्‍याउँछ । त्यसैले अब यसलाई धेरै ढिलो गर्नुहुँदैन । यसमै बहस गेर बस्नु पनि हुँदैन । हामीले एउटा निर्णय लिइसकेका छौँ । एमसीसी एउटा अनुदान हो र यसले नेपालका लागि दीर्घकालीन सहयोग पुर्‍याउँछ । कुनै पनि विकासको योजनालाई लिन्नँ भन्दा एकदमै हास्यास्पद हुन्छ । अब यसलाई धेरै ढिला नगरौँ, धेरै बहस गरेर समस्यालाई झनै बल्झाउन नथालौँ । यसलाई चाँडो पास गरेर समस्याको समाधान खोजौँ । कसैले नेपाललाई कब्जा गर्न सक्दैन । आजको दिनसम्म कसैलाई कब्जा गर्न दिएनौँ ।’

नेतृ कोइरालाले एमालेसहितका सबै दलहरूले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताउनुभयो ।

यस्तै पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयोग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाउनुभयो ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal