१८ दलले माघ २६ गते एमसीसी–सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने

काठमाडौं । एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका १८ राजनीतिक दलहरुले माघ २६ गते काठमाडौंमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै संसद बाहिर रहेका १८ राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसी बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
संयुक्त जनआन्दोलनले आगामी माग २६ गते दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध ¥यालीको रुपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो संख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसीसी–सम्झौतालाई अस्वीकार गर्न सरकारमाथि सशक्त दवाव दिन देशभक्त नेपालीहरु र विशेष गरी उपत्यकामा रहेका नागरिकहरुलाई अपील गर्दछ ।
नेकपा मालेका महासचिव सिपी मैनालीले एमसीसी खारेज गर्नका लागि माघ २६ गते विरोध कार्यक्रम राखिएको बताए । उनले देश बचाउन र देशको सार्वभौममसत्ताको लागि सबै जनता उठ्न पर्ने बताए ।
नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक (२०७४ साल भाद्र)मा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको बताएका छन् । ‘नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने लेखिएको थिएन ।’ उनले भने,‘त्यसलाई १ वर्षपछि संसदबाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँका शिर्ष नेता, कर्मचारीहरुले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडी बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरु नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’
मैनालीले संविधानको प्रावधान नहेरी गर्न नपर्ने कुरालाई पनि थुपारेर, अनुमोदन पछिको दुश्प्रभावको बारेमा केही नसोचि संसदबाट अनुमोदन गर्न जुटेको आरोप लगाए । संसदले उक्त सम्झौता अनुमोदन गरेपछि खुद कानुन बन्ने उनको भनाई थियो । एमसीसी सम्झौतामा उल्लेख भएका कुरा कानुन सरह हुने पनि उनले मैनालीले दाबी गरे । एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने स्पष्ट भएको उनले जिकिर गरे ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न चर्को दबाब दिदै देशलाई नव उपनिवेश बनाउन खोज्नुभएको छ ।’ देउवाले देशलाई द्वन्द्वमा धकेल्ने प्रपञ्च भइरहेको गरेको आरोप लगाए ।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार