एनआइबीएलको ‘गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा

२०७८ माघ २४ गते, सोमबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) ले ३६ औं वार्षिकोत्सव अवसरमा ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकहरूलाई आइपर्ने आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति निम्ति यो योजना सहयोगीसिद्ध हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार सो मुद्दती खातामा राखेको निक्षेप रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम १० हजार रुपैयाँमा मुद्दती खाता खोल्न सकिने, निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र साँवा तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

एनआइबीएलले सात प्रदेशमा ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटीएममार्फत बैंकिङ सेवा दिइरहेको छ । यो बैंकले पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाएको छ । साथै, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal