चन्द्रागिरि डाँडामा हिमपात

२०७८ माघ २१ गते, शुक्रबार

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षा पछि चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो ।

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताउनुुभयो । गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ ।

गएरातिदेखि परेको वर्षा पछि उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।

246 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal