नेपालमा कोरोना संक्रमणबाट दुई वर्षमा छ हजार ३९२ ज्येष्ठ नागरिकको मृत्यु
२०७८ माघ २० गते, बिहीबार
काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणका तीनवटा लहरमा सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्षमाथिका नागरिक छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार संक्रमणका कारण हालसम्म मृत्यु भएका ११ हजार ७६४ मध्ये ६ हजार ३९२ जना ६० वर्षमाथिका नागरिक छन् । तीमध्ये ६० देखि ६९ वर्षसम्मका दुई हजार ४६७, ७० देखि ७९ वर्षसम्मका दुई हजार ३३३ र ८० भन्दा माथि उमेर भएका एक हजार ५९२ जना रहेका छन् ।
त्यस्तै, ५० देख ५५ वर्षसम्मका दुई हजार २७८, ४० देखि ४९ वर्षसम्मका एक हजार ६५२, ३० देखि ३९ वर्षसम्मका ९५४ र २० देखि २९ वर्षसम्मका ३६८ जना रहेका छन् ।
94 Views