ओमिक्रोनको कहरः एक हप्तामा ५९ हजारले ज्यान गुमाए

२०७८ माघ २० गते, बिहीबार

डब्लूएचओले भन्यो – माइल्ड भेरियन्ट भनेर खेलाँची नगरौँ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वभरका सरकारलाई ओमिक्रोनको खतराबारे पुनः एकपटक सचेत गराएको छ । डब्लूएचओले ओमिक्रोनलाई कोरोनाको ‘माइल्ड’ भेरियन्ट भन्दै प्रतिवन्धलाई खुकुलो पार्न हतारो गर्न नहुने बताएको हो ।

संगठनका अनुसार ओमिक्रोनको सह–भेरियन्ट जति चाँडो गतिमा फैलिरहेको छ, त्यसले कोरोनाको वर्तमान लहर चाँडो खत्तम हुने सम्भावनामा ठूलो झट्का लागेको छ । डब्लूएचओकी प्राविधिक प्रमुख मारिया वान केरखोले विश्वभरका सरकारहरूलाई ओमिक्रोनलाई गम्भीरताका साथ लिन अपिल गरेकी छन् । डब्लूएचओका अनुसार कयौँ देशमा ओमिक्रोन भेरियन्टका कारण वर्तमान लहरको पिक आउन बाँकी नै रहेको छ । यस्तोमा कोरोना प्रतिवन्धलाई खुकुलो पार्न हतार गर्न नहुने संगठनको भनाइ छ ।

मारियाले खोप कम लगाइएका देशका लागि यो खतरनाक हुनसक्ने चेतावनी दिएकी छन् । युरोपलगायत अमेरिकाजस्ता देशहरूमा ७०–८० प्रतिशत प्रतिशतभन्दा बढी जनसङ्ख्याले खोप लगाए पनि अहिलेसम्म कयौँ अफ्रिकी मुलुकहरूमा १० प्रतिशतले पनि खोप लगाएका छैनन् । त्यसैले कोरोना प्रतिबन्धलाई एकैचोटी हटाउन उपयुक्त नहुने मारियाको तर्क छ । डब्लूएचओका प्रमुख टेड्रोस अधानोमले विश्वको सबै क्षेत्रमा मृत्युको आँकडा बढ्नु चिन्ताजनक भएको बताएका छन् ।

डब्लूएचओका अनुसार ओमिक्रोन आएपछि पछिल्ला १० हप्तामा विश्वभर ९ करोड जना सङ्क्रमित भएका छन् । यो सन् २०२० भरी फेला परेको सङ्क्रमितको सङ्ख्याभन्दा बढी हो । ओमिक्रोनको पहिलो केस गत वर्षको नोभेम्बरमा दक्षिण अफ्रिकामा पाइएको थियो । पछिल्लो हप्तामात्र विश्वभर २।२ करोड मानिस सङ्क्रमित भए भने ५९ हजारले यसबाट ज्यान गुमाए । यस दौरान मृत्युको सङ्ख्या ९ प्रतिशतले वृद्धि भएको छ ।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal