पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ
२०७८ माघ १८ गते, मंगलवार
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
अब नयाँ मूल्य पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ र डिजेलरमट्टीतेल १२५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छैन । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।
134 Views